उदयपुरलाई पराजित गर्दै सुनसरी सेमिफाइनलमा

    • माघ २, २०७९
    • ३९२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    राजविराज,२ माघ। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगितामा तालतलैया फुटबल टिम सुनसरी सेमिफाइनलमा प्रबेश गरेको छ। प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा ब्रोदर्स फुटबल टिम दयपुरलाई ट्राईब्रेकरमा एकका बिरुद्ध तीन गोल अन्तरले पाखा लगाउँदै सुनसरीले सेमिफाइनलको यात्रा तय गरेको हो।

    पहिलो हाफको पाँचौ मिनेटमै उदयपुरका सविन खड्काले गोल गरी टिमलाई अग्रता दिलाएनि त्यसलाई जोगाउन नसक्दाँ सुनसरीका बिसु श्रेष्ठले खेलको २० औं मिनेटमा गोल फर्काउँदै टिमलाई बराबरीको अवस्थामा पुर्याएको थियो। त्यसपश्चात खेल अबधी भरी दुबै टिमबाट गोल हुन नसकेकोले खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो।

    प्रतियोगिता अन्तर्गत भोली मंगलबार पहिलो सेमिफाईलमा त्रियुगा स्पोर्टस क्लब फतेपुर सप्तरी र नमो बुध्द फुटबल टिम मझौ खडक नगरपालिका सप्तरीले प्रतिष्पर्धा गर्ने संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।
    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको थियो। प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद ५५ हजार तथा ट्रफि र उपविजेताले नगद ४५ हजार रुपैयाँ प्राप्त गर्ने छ।

    संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

    GBR UBS

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल