सिरहा, २ माघ। सिरहाको धनगढीमाई आज विहान कोइला बोकेको भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकलामा एकजनाको मृत्यु भएको छ। धनगढी–बडियारपट्टी भित्रीसडक अन्तर्गत धनगढीमाई नपा ५ गोठचौक नजिक दक्षिणबाट उत्तर आइरहेको प्रदेश २–०१०६ प ५२९७ नम्वरको मोटरसाईकललाई विपरित दिशाबाट आईरहेको डव्यूवी ६५ वी ७४३९ नम्वरको कोईला बोकेको भारतीय ट्रकको ठक्करबाट सिरहाकै सुखिपुर नपा ८ का अन्दाजी ६५ वर्षिय राजेन्द्र साहको मृत्यु भएको हो।

ट्रकको ठक्कखबाट सख्त घाईते साहलाई स्थानीय स्वास्थ्यकेन्द्रमा उपचारको लागि पुर्याएपनि उनको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए। ठक्करदिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

साह सिरहाको गोलबजारस्थित जयगोविन्द साह पोलिटेक्निकल इन्सिच्यूटका प्रिन्सिपल तथा बालि विशेषज्ञ हुन्। विदाको दिनभएपनि इन्सिच्यूटकै कामले गोलबजार आउँदै गर्दा दुर्घटना भएको इन्सिच्यूसटका संचालक समिति सदस्य बासना मोक्तानले जानकारी दिए।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

GBR UBS