शम्भुनाथ मेयरकपको सेमिफाईनलमा मझौ प्रवेश

    • पुष ३०, २०७९
    • ३३९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    राजविराज, ३० पुस। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगितामा नमो बुध्द फुटबल टिम मझौ सप्तरी खडकनगर सेमिफाइनलमा प्रबेश गरेको छ।

    प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा कृपा चौधरीको ह्याट्रिकको मद्दतमा गोलबजार स्पोर्टस क्लब गोलबजारलाई शुन्यका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै मझौ सेमिफाइनलको यात्रा तय गरेको हो। दोश्रो हाफको ५ औं मिनेटमन मझौका कृपा चौधरीले गरी टिमलाई अग्रता दिलाएको थियो। अत्यन्तै प्रतिष्पर्धात्मक खेलको २६ औंं मिनेटमा उनले मझौका लागि दोश्रो र २८ औं मिनेटमा चौधरीले ह्याट्रिक गोल गर्दै टिमको जित सुनिश्चित गरेको थियो।

    प्रतियोगिता अन्तर्गत सोमवार दोश्रो चरणको दोश्रो खेलमा तालतलैया फुटबल टिम सुनसरी र ब्रोदर्स फुटबल टिम उदयपुरढबीच हुने संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।

    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ। प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद रु. ५५ हजार तथा ट्रफि र उपविजेताले नगद रु. ४५ हजार प्राप्त गर्नेछ।

    संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल