शम्भुनाथ मेयर कपको दोस्रो चरणमा एपीएफ प्रवेश

    • पुष २९, २०७९
    • २८२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    राजविराज, २९ पुस। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगितामा एपीएफ २ नम्बर बाहिनी बर्दिबास महोतरी दोश्रो चरणमा प्रबेश गरेको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा मनिथम फुटबल क्लब उदयपुरलाई ट्राब्रेकरमा तीनका बिरुद्ध चार गोल अन्तरले पराजित गर्दै एपीएफ दोस्रो चरणमा प्रवेश गरेको हो।

    निर्धारित समयमा दुबै टीमबाट गोल हुन नसकेपछि ट्राईब्रेकरबाट खेलको निर्णय लिईएको थियो।

    प्रतियोगिता अन्तर्गत भोली शनिवार दोश्रो चरणको खेलमा नमो बुध्द फुटबल क्लब मझौ सप्तरी र गोलबजार स्पोर्टस क्लब गोलजार सिरहाबीच हुने संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।

    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद ५५ हजार तथा ट्रफि र उपविजेताले नगद ४५ हजार रुपैयाा नगद प्राप्त गर्नेछ।

    संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल