शम्भुनाथ मेयर कपमा गोलबजार विजयी

    • पुष २६, २०७९
    • ३१९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    राजविराज, २६ पुस। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लव गोलबजारले विजयी सुरुवात गरेको छ।

    प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न खेलमा बरख गण राजविराजलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै गोलबजारले विजयी सुरुवात गरेको हो।

    प्रतियोगिता अन्तर्गत भोली बुधवारको खेल आयोजक संयासी युवा फुटबल क्लव पोखरिया र ब्रोदर्स फुटबल क्लब सिरहाबीच हुने संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।

    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ। प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद ५५ हजार तथा ट्रफि र उपविजेताले नगद ४५ हजार रुपैया प्राप्त गर्नेछ।

    संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

    GBR UBS

    ‘दरिद्र भयो स्कूल !’ ...

    चन्द्रकिशोर झा माघको अन्तिम सातातिर रौतहटको दुर्गा ...

    सप्तरीका अग्नी पीडित ...

    लहान, २३ बैशाख। सप्तरीको महदेवा १, चिम्टिको आगलागी पीडि ...

    जसपाबाट अलगिएर अशोक ...

    काठमाडौं, २३ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालबा ...

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल