मेयर कपमा तालतलैयाको विजयी सुरुवात

    • पुष २५, २०७९
    • ५९१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    प्रतिकात्मक फोटो।

    राजविराज, २५ पुस। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिताको दोस्रोत दिनको खेलमा तालतलैया फुटबल क्लव सुनसरी विजयी भएको छ।

    प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न खेलमा मोतिराजा युवा क्लवलाई शुन्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै तालतलैयाले विजयी सुरुवात गरेको हो। तालतलैयाका लागि उमेश राई र बिसु श्रेष्ठले गोल गरेका थिए।

    प्रतियोगिता अन्तर्गत भोली मंगलवारको खेल बरख गण राजविराज र गोलबजार स्पोर्टस क्लव गोलबजार बीच हुने संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।

    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ। प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद ५५ हजार तथा ट्रफि र उपविजेताले नगद ४५ हजार नगत प्राप्त गर्नेछ।

    संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

    GBR UBS

    ‘दरिद्र भयो स्कूल !’ ...

    चन्द्रकिशोर झा माघको अन्तिम सातातिर रौतहटको दुर्गा ...

    सप्तरीका अग्नी पीडित ...

    लहान, २३ बैशाख। सप्तरीको महदेवा १, चिम्टिको आगलागी पीडि ...

    जसपाबाट अलगिएर अशोक ...

    काठमाडौं, २३ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालबा ...

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल