मेयर कपमा मझौको विजयी सुरुवात

    • पुष २४, २०७९
    • २८६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    राजविराज, २४ पुस। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा आईतवारदेखि चौथो मेयरकप फुटवल २०७९ प्रतियोगिताको सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा नबो बुध्द फुटबल क्लव मझौ खडक नगरपालिका सप्तरीले विजयी सुरुवात गरेको छ। आईतवार सम्पन्न उद्घाटन खेलमा बेलका फुटबल टिम रातापानी उदयपुरलाई शुन्यका बिरुद्ध चार गोल फराकिलो अन्तरले पराजित गर्दै मझौले विजयी सुरुवात गरेको हो।

    खेलको पाँचौ मिनेटमा मझौका आकाश राईले गोल गरी टिमलाई अग्रता दिलाएको थियो । खेलको १४ औं मिनेटमा मझौका कृपा चौधरीले दोश्रो गोल गरी टिमको अग्रता फराकिलो बनाएको थियो।

    खेलको २१ औं मिनेटमा मझौकै सजन क्षेत्रीले तेश्रो र २२ औं मिनेटमा कृपा चौधरीले आफ्नो दोश्रो तथा टिमको लागि चौथो गोल गरेका थिए।

    प्रतियोगिता अन्तर्गत भोली सोमवारको खेल रियल स्टार फुटबल क्लव सिरहा र तालतलैया फुटबल टिम सुनसरी बीच हुनेछ संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।

    शम्भुनाथ नगरपालिकाको सहयोगमा संन्यासी युवा क्लब पोखरीयाद्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ। माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद ५५ हजार तथा ट्रफि र उपविजेताले नगद ४५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

    प्रतियोगिताको एक कार्यक्रममा बिच शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र प्रसाद गुप्ताले उद्घाटन गरे। खेलकुद समितिका अध्यक्ष ब्रहमदेव चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीयबासी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो। सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

    GBR UBS

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    मालपोत कार्यालय तौलि ...

    सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिल ...

    ‘दरिद्र भयो स्कूल !’ ...

    चन्द्रकिशोर झा माघको अन्तिम सातातिर रौतहटको दुर्गा ...

    सप्तरीका अग्नी पीडित ...

    लहान, २३ बैशाख। सप्तरीको महदेवा १, चिम्टिको आगलागी पीडि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल