विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

    • पुष २४, २०७९
    • ७७४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २४ पुस। सिरहामा विद्यालयको लापर्वाहीका कारण एक छात्राको मृत्यु भएकोछ। औषधी खानेक्रममा पानीको बोतलमा रहेको स्प्रीट पीएर विरामी भएका सिरहाको मिर्चैयास्थित सगरमाथा हाइयर सेकेन्ड्री स्कूलमा अध्ययनरत सिरहा नपा ११ पदमपुरका धर्मेन्द्र महराको छोरी १६ वर्षिय सृजना कुमारी महराको उपचारको क्रममा मृत्यु भएको हो।

    महिनाबारीका कारण पेट दुखेका सृजनाले शुक्रवार स्कूलकै एक शिक्षिकाले दिएको औषधी खानेक्रममा पानीको सट्टा स्प्रीट पीउँदा उनी थप विरामी भएका थिए। विद्यालयका संस्थापक प्रिन्सिपल प्रदिप तिवारी आफैले विद्यार्थीको उपचार गराउनुभन्दा केही भएको छैन भन्दै घर पुर्याएकाले समयमा उपचार हुन नसब्दा अभिभावले जनाएको छ।324536466_838948020525519_3137224786315539504_n
    प्रिन्सिपल तिवारीले सृजनालाई घरमा पुर्याएर ‘थोरै स्प्रीट खाएकोले नसालागेको छ, केहीवेर सुताएपछि ठिक भईहाल्छस भनेर छोडी गएको सृजनाका वुवा धमेैन्द्र महराले बताए। धर्मेन्द्रले भने, ‘सरले थोरै स्प्रीट खाएको भनेपछि हामीले पनि विश्वास गर्यौं, तर विस्तारै अवस्था खराव हुँदै गएपछि अस्पताल पुर्यौं, तवसम्म ढिलो भईकेको रहेछ। शिक्षकको विश्वासमा पर्दा छोरी गुमाउनु पर्र्यो।’

    धर्मेन्द्रले ठिक समयमा सहि चुचना दिएको मृत्यु भएको बताउँछन्। उनले विद्यालयको लापर्वाहीले छोरीको ज्यान गएको भन्दै कानुन मबोजिम कार्वाही हुनुपर्ने माँग सहित जाहेरी दिएका छन्।
    सृजनाको उपचारको क्रममा फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा शनिवार राती करिव १२ बजे मृत्यु भएको अभिभावकले बताएको छ। विद्यालयले ह्वाईटवोर्ड सफा गर्न स्प्रीट ल्याउने गरेको बताइएको छ।
    अस्पलले फोक्सो पुरै सेतो भईकेको र अक्सिजनको कमिका कारण सृजनाको मृत्युभएको अस्पतालका डा। स्यामकुमार साहले जानकारी दिए। उनले फोक्सो सेतोहुनुको कारणभने फोरेन्सिक जाँचबाटमात्र खुल्ने जनाए। एक्स रे मा फोक्सो कालो देखिनु पर्ने तर सवै सेतो देखिएको डाक्टर साहको भनाई छ।

    प्रहरीले सृजनाले शुक्रवार स्कूलकै एक शिक्षिकाले दिएको औषधी खानेक्रममा पानीकोसट्टा स्प्रीट पीउँएको बताए। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरी वहादुर वलीले सृजनाको हातमा पानीको सट्टा कसरी स्प्रीट पुग्यो भन्ने विषयमा छानविन भईरहेको जनाए। उनले भने, ‘स्कूलले पनि घटना स्वीकार गरिसेको छ, उनले स्प्रीट पीउने अवस्था कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ।
    प्रहरीले अनुसन्धानको लागि औषधी दिने शिक्षीका अम्भिका लम्साल र प्रिन्सिपल प्रतिप तिवारीलाई नियन्त्रणमा लिएको डिएसपी ओलीले जनाएको छ। नियन्त्रणमा लिएर छानविन गरिरहेका छौं।’
    आक्रोशित विद्यार्थीद्वारा सडक जाम

    आक्रोशित विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया बजार क्षेत्रमा पठक पटक सडक जाम गरिरहेको छ। उनीहरुले विद्यालयको चरम लापर्वाहीले मृत्यु भएकाले दोसीलाई कार्वाहीको माँग गर्दै सडक जाम गरेको हो।
    सडक जाम खुलाउन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ। विद्यार्थीले एकठाउँमा बल प्रयोग गरेर जाम खुलाउँदा विद्यार्थीले अर्को ठाउँमा पुगेर जाम गरिरहेका छन्।

     

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल