उद्घाटन खेलमा आयोजक नेशनल ईन्फोटेक कलेज फराकिलो अन्तरले विजयी

    • पुष १६, २०७९
    • ४०० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सूर्य वि.क.

    वीरगञ्ज, १६ पुस। नेशनल ईन्फोटेक कप २०७९ को पहिलो खेलमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट (एचएसएम) लाईलाई हराउँदै नेशनल ईन्फोटेक कलेज विजयी भएका छन्। वीरगञ्जस्थित नारायणी रंगशालामा शनिवारदेखि शुरु भएको नेशनल ईन्फोटेक कप अन्र्तगत उद्घाटन खेलमा हेटौडा स्कुल अफ म्यानेजमेन्टलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै आयोजक नेशनल ईन्फोटेक कलेज विजयी भएका हुन्।

    ginlyanda 333

    टस जितेर ब्याटिङ्ग रोजेको नेशनल ईन्फोटेक कलेजले निर्धारित २० ओभरमध्ये १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार पारेको थियो। नेशनल ईन्फोटेकका लागि सफवन अन्सारी र राहुल हकले २९/२९ रनको योगदान दिए। उनीहरुले क्रमश २६ र २५ बल मा समान २९ रन जोडेका हुन्। राहुलले २ छक्का र २ चौका प्रहार गर्दै २९ रन जोड्दा सफवनले ५ चौका प्रहार गरे। यस्तै आदर्श अनुप साहे २ चौका प्रहार गर्दै ३९ बलमा २७ रन जोडे।

    सेराजुल आलमले २ छक्का प्रहार गरेर ५ बलमा १२ रन बनाए। नेशनल ईन्फोटेकलाई १३७ रनमै समेट्नका लागि हेटौडा स्कुल अफ म्यानेजमेन्टका राजा अहमदले ३ ओभर ५ बल गरेर ५ विकेट लिए। कृष्ण यादवले ३ ४ ओभर बलीङ् गरेर ३ विकेट लिँदा गौरव श्रेष्ठ र सन्तोष दास तत्वाले समान १/१ विकेट लिए।

    १ सय ३८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको हेटौडा स्कुल अफ म्यानेजमेन्ट १२ ओभर १ बलमै सबै बिकेट गुमाएर ३५ रनमै समेटियो। हेटौडा स्कुल अफ म्यानेजमेन्टका लागि ईर्फान अलीले १२ बल खेल्दै २ चौकाको सहायतामा १२ रन बाए। कृष्ण यादवले १ चौका प्रहार गर्दै २० बलमा ७ रन जोडे । राजा अहमदले १५ बलमा ४ र विराट कुमारले ६ बलमा २ रन बाहेक अरु कसैले पनि रन जोड्न सकेनन्।

    नेशनल ईन्फोटेक कलेजका वासिन अली मन्सुरीले ४ ओभरमा १३ रन खर्चिदै ६ विकेट लिए। सेराजुल आलम र रन्जित कुमारले समान २/२ विकेट लिएर टिमलाई जित दिलाएको नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक ई. मनिष सिंहले जानकारी दिए। ४ ओभरमा २ मेडअन ओभर बनाउँदै १३ रन खर्चिएर ६ विकेट लिने नेशनल ईन्फोटेक कलेजका वासिम अली मन्सुरी प्रतियोगितामा प्लेयर अफ दी म्याच घोषित भएका छन्।

    प्रतियोगिताको दोस्रो दिन भोली २ वटा खेल हुँदैछन्। पहिलो खेल पुल ‘बी’ अन्र्तगत बिहान ८ बजेदेखि डिएभी कलेज र सत्यम पब्लिक कलेजबिच हुनेछ भने दोस्रो खेल पुल ‘ए’ अन्र्तगत मध्यान्ह १२ बजेदेखि त्रिजुद्ध मावि र ईम्पेरियल कलेजबिच हुने पनि प्रबन्ध निर्देशक सिंहले जानकारी दिए।

    GBR UBS

    मालपोत कार्यालय तौलि ...

    सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिल ...

    ‘दरिद्र भयो स्कूल !’ ...

    चन्द्रकिशोर झा माघको अन्तिम सातातिर रौतहटको दुर्गा ...

    सप्तरीका अग्नी पीडित ...

    लहान, २३ बैशाख। सप्तरीको महदेवा १, चिम्टिको आगलागी पीडि ...

    जसपाबाट अलगिएर अशोक ...

    काठमाडौं, २३ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालबा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल