सिरहा, २७ मंसिर। सिरहामा धारीलो हतियार प्रहारबाट भएको महिला हत्यामा संलग्नरहेकोहरुलाई तत्काल खोजीगरी पक्राउ गर्ने प्रहरकिो प्रतिबद्धता पछि अवरुद्ध सडक खुलेको छ। जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षिय लक्ष्मीनियाँ कापरको जनीकैको कर्जन्हा नपा ६ को जङ्गलमा भएको हत्यामा संलग्नहरुलाई पक्राउ गर्ने प्रतिबद्धतापछि करिव ३ भण्टादेखि अवरुद्ध सडक खुलेको हो।

दाउरालिन गएका बेला ३–४ जनाको समूहले धारीलो हतियार प्रयोगरी हत्या भएको छ। दाउरा लिन जंगलगएका बेला पछ्याउँदै गएको युवाहरुले जवरजस्ती करणी गर्ने प्रयार गरेपछि उनीहरुले घाटी र पेटमा धारीलो हतियार प्रहारगरी हत्या गरेको इलाका प्रहरी कार्यलय मिर्चैयाका प्रमुख डिएसपी हरि वलीले जानकारी दिए।

स्थानीयले हत्यामा संलग्न रहेको भन्दै ३ जनाको नाममा किटानी जाहेरी दिएकाहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने डिएसपी ओलीले प्रतिबद्धता जनाएको छ। एनका अनुसार जाहेरी परेकामध्येबाट एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। डिएसप ओलीले भने, ‘हामीले एकजनालाई पक्राउ गरिसकेका छौं, अरुलाईपनि रातभरी खोज्दै छौं। संकारको घेरामारहेकाहरुको नाम सहित आउनुस जाहेरी दर्ता हुन्छ।’

मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले पनि डिएपीले जाहेरी लिने भनिसकेकाले सडक अमरुद्ध खोल्न अनुरोध गरे।

सँगैगएका महिलाहरुले देखेपछि गाउँमा खवर पुर्याएका थिए। उनीहरुकै भनाई अनुसार गाउँलेले किटानी जाहेरी दिएको बताइएको छ।

स्थानीयले भने यस अघि गाउँमै भएको सामान्य विवादको रिसिवी साध्न हत्या गरेको आरोप रहेको छ। करिव २ साताअघि गाउँमा भएको सामान्य मोटरसाईल दुर्घटनाको विवादले यो घटनाभएको स्थानीयको भनाई छ।

प्रहरीले थप अनुसधानको लागि कुकुर पनि ल्याएको बताउँदै पुरानो घटनाको बारेमा पनि अनुसन्धान हुने बताए। डिएसपी ओलीले भने, ‘हत्या घटनाको विषयमा सवै कोणबाट अनुसन्धान हुन्छ, तपाईहरुले सहयोग गरे पुराना घटनाहरुको पनि छानविन र अनुसन्धान हुन्छ।’