सिरहा, २७ मंसिर। सिरहामा धारीलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षिय लक्ष्मीनियाँ कापरको जनीकैको कर्जन्हा नपा ६ को जङ्गलमा दाउरालिन गएका बेला ३–४ जना युवा समूहको धारीलो हतियार प्रहारबाट महिलाको आज अपरान्ह मृत्यु भएको हो।
दाउरा लिन जंगलगएका बेला पछ्याउँदै गएको युवाहरुले जवरजस्ती करणी गर्ने प्रयार गरेपछि उनीहरुले घाटी र पेटमा धारीलो हतियार प्रहारगरी हत्या गरेको इलाका प्रहरी कार्यलय मिर्चैयाका प्रमुख डिएसपी हरि वलीले जानकारी दिए।
सँगैगएका महिलाहरुले देखेपछि गाउँमा खवर पुर्याएका थिए। उनीहरुकै भनाई अनुसार गाउँलेले किटानी जाहेरी दिएको बताइएको छ।
प्रहरीका अनुसार स्थानीयले ३ जनाको नाममा किटानी जाहेरी गरेपनि अनुसन्धानपछिमात्र जाहेरी दर्ता गर्ने भनेपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम सडक अन्तर्गत मिर्चैया नपा २ मलहनीयामा अपरान्ह देखि सडक जाम गरेको छ। उनीहरुले दोषीलाई तत्काल पक्राउगरी कार्वाहीको माग गर्दै सडकमै टायरबालेर जक्का जाम गरेको छ।
सडक अझै खुल्न सकेको छैन। स्थानीय प्रहरी प्रशासन सडक खुलाउने प्रयासमा रहेको जनाएको छ। सडक जामका कारण सयौं सवारी सधान र हजारौं यात्री अलपत्रमा परेका छन्।
प्रहरीले घटनाको छानविन भईरहेको जनाएको छ। शव अझै पनि घटनास्थलमै रहेको छ। स्थानीयले दोषिलाई पक्राउ गरेरमात्र शव उठाउन दिनेभन्दै अवरोध गरेको प्रहरीको भनाई छ।
स्थानीयले भने यस अघि गाउँमै भएको सामान्य विवादको रिसिवी साध्न हत्या गरेको आरोप रहेको छ। करिव २ साताअघि गाउँमा भएको सामान्य मोटरसाईल दुर्घटनाको विवादले यो घटनाभएको स्थानीयको भनाई छ।