सिरहा, २६ मंसिर। छोरीलाई सक्षम बनाउन सके दहजे र महिलाहिंसामा कमि आउने गोलबजार नगरपालिकाका उप–मेयर मानती साहले बताएकी छिन्। दलित महिला केन्द्र, नेपाल (CDWN) द्वारा ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा गोलबजारमा र्याली पछिको कोणसभामा मधेशमा दहेजको समस्या विकराल भन्दै गएको जनाउँदै न्यूनिकरणको लागि छोरीलाई शिक्षित बनाउन जरुरी रहेको बताएकी हुन्।

333

समाजमा भएको आर्थिक तथा सामाजिक विकाससँगै दहेज प्रथापनि बढ्दै गएको उपमेयर साहले बताए। दहेज न्यूनिकरण गर्ने हो भने छोरीलाई शिक्षित, सक्षम तथा आर्थिक उन्नतिगर्न सक्ने बाटोमा लगाउनुपर्ने बताए। उनले भने, ‘जसले जे भनेपनि दहेजप्रथा न्यूनिकरणको लागि छोरिलाई नै सक्षम बनाउनु पर्छ।’

सोही क्रममा कर्जन्हा नगरपालिकाका पूर्व उपप्रमुख ज्ञानु कुमारी श्रेष्ठले छोरीहरुलाई उचित शिक्षा र हरेक क्षेत्रमा सामानुपातिक पहुँचले दहेज प्रथालाई कमगर्न सकिने बताए। उनले छोरीहरु ऋाफै आर्थिक उपार्जन गर्ने ठाउँमा नपुगेसम्म दहेज प्रथामा कमि नआउने बताए।

गोलबजारको गुम्वाचोकबाट निस्केको र्यालिमा ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौ’, समान ‘व्यहार शान्तिको आधार’, ‘हामी सवै एक हौं, महिला हिंसा अन्त्य गरौं’, लैगिक समानता, अहिलेको आवश्यकता’ जस्ता नाराहरु सहित बजार परिक्रमा गरेका थिए।

सोही क्रममा संस्थाले दहेज ‘दहेज अभिसाप हो’ शिर्षको नाटक प्रदर्शन गरेका थिए।

नाटकले दहेज नदिएकै कारण बुहारीलाई विभिन्न खालका हिंसा देखि घर निकालासम्मगर्ने सामाजिक यथार्थ दर्शाएका थिए। ‘नाटकले समाजमा रहेको दहेज प्रथा, दहेजकै कारण बुहारीहरुले भोगीरहेका समस्यालाई प्रस्ट्याउने कोशिष गरेको दर्शक लिलादेवी साहले बताए। उनले भने, ‘समाजमा भईरहेको घटनालाई नाटकले ट्याप्पै टिपेछ, यसलाई रोक्ने प्रयास हुनु पर्यो।’

नाटकले दहेज प्रथा सामाजिक अपराध हो। दहेज कानुनले पनि वर्जित गरेको र छोरी बुहारी दुवैलाई समानरुपले हेर्नुपर्ने सन्देश दिएको छ।

कसम लामाको लेखन निर्देशनमा प्रदर्शित ‘दहेज अभिसाप हो’ सडक नाटकमा शुनिल योन्जन, टुनामाया आले, रितिका कालिकोटे, सरोज पासवान र रुपा आलेले अभिनय गरेका छन्।

cdwn cdwn1 318185094_2223633897816988_2614733826073363875_n cdwn3