छुट्टाछुट्टै स्थानबाट लागुपदार्थ सहित चारजना पक्राउ

    • मंसिर २५, २०७९
    • ४२७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २५ मंसिर। सिरहा प्रहरीले अवैध लागु पदार्थ सहित चारजनालाई पक्राउ गरेका छन्। जिल्लाको धनगढीमाई नगरपालिका १२ कुस्माहा खुट्टी खोलाबाट करिब ९२ केजी अवैध लागूऔषध गाँजा सहित भगवानपुर गाउँपालिका ४ का ४४ वर्षीय शिवनाथ मण्डल, बेचु मण्डल र सप्तरी बेदेवर्साईन नगपालिका ९ का रामकुमार साहलाई शुक्रवार राति पक्राउ गरेको हो। 

    ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ४ वटा बोरामा बोकी ल्याउँदै गरेको गाँजा सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।

    त्यसैगरी, नवराजपुर गाउँपालिका ५ कुसण्डीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय १ एम्पुल, बुप्रेनोर्फिन ३ सय १ एम्पुल र फेनारगन ३ सय १ एम्पुलसहित सिन्धुली घर बताउने १९ वर्षीया शरु नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। भा

    रतबाट नेपालतर्फ आउँदै गरेको बा.७८ प ७९१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको हो। उनीसँगै रहेको मोटरसाइकल चालकभने फरकार रहेको प्रहरीले उनाएको छ। उनीहरुको खोजी भईरहेको छ।

    पक्राउ परेका चारैजनालाई आजै जिल्ला अदालत सिरहामा लागुऔषध ओसार पोसार मुद्दामा म्याद थप गरिएको प्रहरीको भनाई छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल