भारतमा बेचिन लागेका २ नेपाली युवतीको उद्धार

    • मंसिर २३, २०७९
    • ४४७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २३ मंसिर। मानव बेचबिखन नियन्त्रण इकाइ सेक्टर हेडक्वाटर रक्सौल र ४७ औं एसएसबी रक्सौल टोलीका महिला हवल्दार मिकी कुमारी र अमृता कुमारीले रक्सौलस्थित भन्सार चोक नजिकै दुई नेपाली युवतीलाई देखेपछि शंका लागेर रोके।

    युवतीहरुले आफू पञ्जाबको लुधियानाको एउटा कपडा कारखानामा २५ हजार तलब पाउने काम गर्न जान लागको प्रतिक्रिया दिइन्। त्यहाँका प्रहरी इन्स्पेक्टर मनोजकुमार शर्मालाई युवतीको जवाफमा शंका लाग्यो। त्यसपछि उनले नेपालको आफन्त नेपाल वीरगञ्जलाई जानकारी गराए।

    आफन्त नेपाल पुगिसकेपछि भारतीय एसएसबीको सहयोगमा ति युवतीहरुलाई पञ्जाबमा बोलाउने मानिसहरूलाई बोलाइयो। पञ्जाबको लुधियानामा कपडाको कारखाना भएको र उनीहरुलाई त्यहीँ काम दिने उनीहरुको स्पष्टोक्तिमाथि अँझै विश्वास गर्ने आधार नभेटेपछि अँझै सोधपुछ र अनुसन्धान अघि बढाइयो।

    इन्स्पेक्टर शर्माले पञ्जाबबाट फोन गर्नेको मोबाइल लोकेशन र छपराविहारको लोकेशन पत्ता लगाएपछि झनै शंका उत्पन्न भयो। अनुसन्धान गर्दै जाँदा लुधियानाको कपडा कारखानामा काम लगाउने बहानामा बिहारको छपरास्थित आर्केस्ट्रामा लिने गरेको खुलासा भयो।

    त्यसपछि बालिकाका परिवारसँग सम्पर्क गर्दा उनीहरु समेत यस विषयमा अनभिज्ञ भएको पाएपछि मानव तस्कर हुन लागेको खुलेको इन्सपेक्टर शर्माले बताए।

    आफ्ना छोरी भारतमा काम गर्न गएको थाहा नभएको हुँदा उनीहरुलाई जान नदिन पनि परिवारले आग्रह गरे। त्यसपछि युवतीहरुलाई वीरगञ्जस्थित नेपाल प्रहरीलाई जिम्मा लगाइयो।

    मानव बेचबिखन विरोधी इकाई सेक्टर हेडक्वार्टर रक्सौलले २ युवतीको सफल उद्धार गरेको छ भने नेपाली युवतीलाई बोलाउने व्यक्तिमाथि अनुसन्धान थालिएको छ।
    उद्धार कार्यमा प्रहरी निरीक्षक मनोजकुमार शर्मा, हवलदार रामकुमार, महिला हवल्दार मिकी कुमारी र अमृता कुमारी, आफन्त नेपाल वीरगञ्जकी सुनिता सापकोटा, समाजसेवी रञ्जित सिंहलगायतको सहभागिता थियो।

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल