हत्या अभियोगमा बालक प्रहरीको नियन्त्रणमा

    • मंसिर १५, २०७९
    • २०० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १५ मंसिर। अप्राकृतिक मैथुन गर्न खोज्ने व्यक्तिलाई कर्तव्य गरी खाल्डो खनेर गाड्ने एकजना बालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।

    बाराको कोल्हवी नगरपालिका ११ रामपुर्वा निवासी ४३ वर्षीय परीक्षण चौधरीलाई कर्तव्य गरी लासलाई नजिकैको खाल्टोमा गाड्ने बालकलाई प्रहरीले पक्राउ गरेको हो।

    प्रहरीका अनुसार मंसिर १३ गते राती ति बालक स्थानीय रामपुकार चौधरीको खाजा, नास्ता पसलबाट रक्सी सेवन गरेर फर्किदै थिए। घर जाने क्रममा अप्राकृतिक मैथुन गर्न खोज्दा सिसौको दाउरा प्रहार गरी ति बालकले चौधरीलाई हत्या गरेका थिए। हत्यापश्चात सियाराम चौधरीको गोठघर पछाडी खाल्टो खनी पुरिएको अवस्थामा शब फेला परेको बारा प्रहरीले जनाएको छ।

    घटनास्थलबाट प्रहरीले १ थान सिसौको दाउरा, १ थान कोदालो, रगत जस्तो पदार्थ लागेकोे पहेलो रंगको च्यातिएको बोरा, बायाँ खुट्टाको १ थान फिता वाला चप्पल, रगत जस्तो पदार्थ लागेको ज्याकेट १ थान, र जिन्स पाइन्ट पनि प्रहरीले बरामद गरेको छ।

    ति बालकलाई न्यायिक प्रहरी नियन्त्रण कक्षमा राख्नका लागि बारा जिल्ला अदालतबाट म्याद लिने कार्य भइरहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल