सिरहको गोलबजार एससी ‘सी’ डिभिजन लिग फुटबलमा छानिए

    • कार्तिक २८, २०७९
    • ३५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा २८ कात्तिक। सिरहाको गोलबजार एससी यस वर्ष हुने शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि छनौट भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फको खेल मैदानमा सोमबार भएको नकआउट चरण अन्तर्गत समूह १ को अन्तिम खेलमा मसुरिया फुटबल ऐकेडेमीलाई ट्राइबेकरमा पराजित गर्दै ‘सी’ डिभिजन लिगमा छनौट भएको हो।

    ab-mall 1

    निर्धारित समयको खेल २–२ गोलको बराबरीाम सकिएपछि खेलको नजिता निर्धारण ट्राइबेकरमार्फत गरिएको थियो। यसअघि खेलको शुरुवाती चौंथो मिनटमा सिद्धान्त खड्कीले गोल गर्दै गोलबजारलाई खेलमा पहिलो अग्रता दिलाएका थिए।

    ७ औं मिनटमा मसुरियाका निर्जल धामीले गोल गर्दै खेललाई १–१ को स्थितमा ल्याएका थिए। ४३ औं मिनटमा मसुरियाको तर्फबाट आत्मघाती गोल भएपछि पहिलो हाफमा गोलबजार २–० ले अघि रहेको थियो।

    त्यसपछि ७० औं मिनटमा निर्जलले गोल गरेपछि पहिलो हाफको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। यससँगै समूह १ बाट गोलबजार ‘सी’ डिभिजन लिगमा छनौट हुन सफल भएको हो।

    एन्फाले यस वर्षको ‘सी’ डिभिजन लिग छनौटमा सहभागि ६० क्लबलाई २० समूहमा विभाजन गरेको थियो। जसअन्तर्गत प्रत्येक समूहमा ३ क्लब परेका परेका थिए।

    समूह चरणको खेलबाट प्रत्येक समूहको विजेता टोलीले नकआउट चरणमा स्थान बनाएका थिए। नकआउट चरणमा प्रवेश गरेका २० टोलीलाई पनि २ समूहमा विभाजन गरिएको थियो।

    नकआउट चरणपछि दुई समूहका विजेता क्लब ‘सी’ डिभिजन लिगमा छनोट हुने नियम रहेको छ । सोहि नियम अनुरुप समूह १ को विजेता बन्दै गोलबजार सी डिभिजन लिगमा छनौट भएको हो।

    समूह २ अन्तर्गत नकआउट चरणको अन्तिम खेल मंगलबार हुनेछ। मंगलबारको खेलपछि सी डिभिजन लिगमा छनौट हुने दोश्रो टोलीको टुङ्गो लाग्ने छ।

    yamaha bg 1

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल