पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

    • कार्तिक १७, २०७९
    • 235 पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

                            तस्बिर स्रोत,RAHAT DAR/EPA-EFE/REX/SHUTTERSTOCK

     

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एक विरोध जुलुसका क्रममा गोली प्रहार गरी घाइते बनाएर स्पष्ट रूपमा हत्याको प्रयास गरिएको छ।

    333 (2)

    उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्। उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन।

    तर उनका एकजना सहयोगीले उनी खतरामा नरहेको बताएका छन्। सत्तरी वर्षीय खान चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भइरहेका थिए। एएफपी समाचार संस्थासँग बोल्दै उनका वरिष्ठ सहयोगीले भने, "यो उनको हत्या गर्ने प्रयास थियो।"

    पूर्वप्रधानमन्त्री खानमाथि गरिएको गोली प्रहारको घटनाको प्रधानमन्त्री शहबाज शरिफले निन्दा गरेका छन्। किस्तानको जियो टेलिभिजनका अनुसार एकजना संदिग्धलाई पुरुष पक्राउ गरिएको छ। गत महिना पाकिस्तानको निर्वाचन आयोगले खानलाई सार्वजनिक पदका लागि अयोग्य ठहर गरेको थियो।

    त्यसलाई पूर्व क्रिकेटर समेत रहेका खानले राजनीतिक रूपमा अभिप्रेरित भएको आरोप लगाएका छन्। उनीमाथि विदेशी प्रतिष्ठित व्यक्तिले दिएको उपहार र बिक्रीबाट प्राप्त रकमको विवरण गलत रूपमा सार्वजनिक गरेको आरोप लागेको थियो। त्यस्ता उपहारहरूमा रोलेक्स घडीहरू र औंठीलगायत सामेल थिए।

    बीबीसी नेपालीसेवाबाट।

    ab mall

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल