चोहर्वा क्रिकेट प्रतितोगिताको उपाधी धनुषालाई

    • कार्तिक १४, २०७९
    • १,०२५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सुरेश राय

    सिरहा,१४ कात्तिक। सिरहाको गोलबजर नपा ८ चोहर्वा क्रिकेट टिमद्वारा आयोजित जिल्ला स्तरीय क्रिकेट प्रतितोगिताको उपाधी धनुषा क्रिकेट टिम, गौरीपुरले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा चोहर्वा क्रिकेट टिमले टस जितेर फिल्डिङ्ग रोजेको थिए। ब्याटिंग रोजेका धनुषा क्रिकेट टिमले २० ओभरको खेलमा अल आउट भई १७५ रनको लक्ष्य दिएका थिए।

    rakesh g

    ओपनर ब्याटिङका लागि धनुषा क्रिकेट टिमबाट संजय यादब र कविन्द्र आएका थिए। खेलको पहिलो ओभरको वलिङ चोहर्वा क्रिकेट टिमका खेलाडी जाकिर खानले गरेका थिए। उनी पहिलो ओभरमै ७ रण दिएका थिए। दोस्रो ओभर लिएर चोहर्वा टिमका खेलाडी गणेश यादब आएका थिए। उनले आफ्नो पहिलो ओभरकै तेस्रो बलमा एक विकेट लिन सफल भएका थिए, भने ६ बलमा ४ रन दिएका थिए। संजय यादबले आफ्नो टिमका लागि ४ बलमा २ रण मात्र बनाएर आउट भएका थिए।

    त्यसैगरी, ओपनर कविन्द्रले २५ बलमा ३६ रन बनाएर आउट भएका थिए। तेस्रो नम्बरमा धनुषा टिमका खेलाडी सुनिलले ६ बलमा ४ रन बनाएर आउट भएका थिए। चौथो नम्बरमा सुशान्त आएर १२ बलमा २४ रन बनाएर आउट भएका थिए। पाचौ नम्बरमा महबुब आलमले २० बलमा ३५ रन बनाएर आउट भएका थिए।

    ab-mall 1
    छैठो नम्बरमा दिपजल श्रेष्ठले ४ बलमा दुइ रन बनाएर म्यान अफ द सेरिइज घोसित भएका थिए भने, ४ बलमा १ रन बनाएर म्यान अफ द म्याच घोसित भएका खेलका आयोजक रामदुलार यादबले जन्कारी दिए।

    चोहर्वा क्रिकेट टिमबाट ओपनर ब्याटिङ रुपेश यादब र जाकिर खानले गरेका थिए।चोहर्वा टिमका खेलाडीले पहिलो ओभरमा १ विकेट गुमाएर ५ रण मात्र बनाएका थिए। पहिलो ओभरमा वलिङ धनुषा टिमका खेलाडी रबिन्द्र ठाकुरले गरेका थिए। उनले एक ओभरमा ५ रन १ विकेट लिन सफल भएका आयोजकले बताए।

    दोस्रो ओभरमा वलिङ गर्न महबुब आलम आएका थिए। उनले २ दिएका दिएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न चोहर्वा क्रिकेट टिमका खेलाडी राजु महतो आएका थिए। उनले ३ बलमा १ रन बनाएर आउट भएका थिए।

    चौथो नम्बरमा ब्याटिंग गर्न गुप्त सुन्य रन बनाएर बेस्ट फिल्दरको रुपमा घोसित भएका थिए। पाचौ नम्बरमा ब्याटिंग गर्न चानद खानले २ बलमा सुन्य रन बनाएर बेस्ट ब्याट्सम्यानको रुपमा घोसित भएका थिए। सातौ नम्बरमा बसन्त सहनीले ६ बलमा ५ रन बनाएर आउट भएका थिए।

    आठौ नम्बरमा गुलाब अलिले सुन्य रन बनाएर आउट भएका थिए। नौ नम्बरमा शशि गुप्ताले १५ बलमा ३२ रन बनाएर आउट भएका थिए। दसौ नम्बरमा राजु रायले ६ बलमा ३ रन बनाएर आउट भएर आफ्नो टिमलाई जित हासिल गर्न असफल भएका थिए।
    प्रीतयोगितामा विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले प्रथम पुरस्कार प्रदान गरेका थिए। ७१ हजार १०५ रुपैयाँ नगद गोलबजार क्रिकेट टिमका पुर्व–कप्तान रामपुजन सिंहले हस्तान्तरण गरेका थिए।

    प्रमुख अतिथी श्याम श्रेष्ठले नगरक्षेत्रमा खेलिने सवै खेलको विकासमा नगरपालिकाको सहयोग रहने बताए। उनले युवाहरुलाई सहि बाटोमा डोर्याउन र नगरको पहिचानको लागि पनि आफ्नो तर्फबाट सवैखालको सहयोग हुने बताए। नगर प्रमुख श्रेष्ठले जुनसुकै खेलक्षेत्रमा लागेका युवाहरुले खेल विकासको लागि योजना सहित आए आफ्नोतर्फबाट यथासक्य सहयोग हुने जनाए।

    दोस्रो विजेता चोहर्वा क्रिकेट टिमका खेलाडी लाइ ४१ हजार १०५ रुपैयाँ नगद सहित ट्रफि कार्यक्रमका बिशिस्ट अतिथि रामसगुन यादबले प्रदान गरेको आयोजक टिमका सचिब धिरेन्द्र साहले जानकारी दिए।
    प्रतियोगिताको समापन समारोहको सभाअध्यक्षता नागेन्द्र कुमार सिंहले गरेका थिए। समापन कार्यक्रममा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसी, सस्त्र प्रहरी बेस क्याम्प गोलबजारका इन्चार्ज इन्सपेक्टर सुर्य धमला, नेकपा एमाले पार्टीका जिल्ला सदस्य मनोज कुमार सिंह, नगर अध्यक्ष राजकिशोर महतोको उपस्थिति रहेको थियो।

    गोलबजार नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष हरिशरण ठाकुर, लाइफ लांग हेल्थ केयरका संचालक पंकज कुमार साह, गुप्त ब्रदर्स अटो ट्रेडका संचालक राकेश गुपता, राज कन्ट्रक्सनका प्रतिनिधि लभ कुमार महतो, इन्दिरा जलका संचालक प्रमोद कुमार साह लगाएतको उपस्थिति रहेको थियो।

    yamaha bg 1

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल