छठ पूजाकालागि वेहुलि झौं सिंगारिएका वीरगञ्जको घडिअर्वा पोखरी।
वीरगञ्ज, १२ कात्तिक। वीरगञ्जस्थित घडिअर्वा पोखरी यतिबेला दुलही जस्तै सिंगारिएको छ। मुलतः तराई मधेशमा विशेष महत्वका साथ मनाइने छठ पर्वलाई मध्यनजर गर्दै घडिअर्वा पोखरीलाई झकीझकाउ बनाएर सजाइएको हो।
छठ पूजा व्यवस्थापन समितिले शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर छठ पूजाका लागि घडिअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ। समितिका अध्यक्ष हिरालाल साह कानुका अनुसार छटघाट व्यवस्थापन र सजावटका लागि करिब १६ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ।
टेण्टपण्डालमा ७ लाख २५ हजार, परिसर बाहिरको बत्ती सजावटमा १५ हजार, भिडियो ग्राफीमा ४१ हजार, पुरस्कारमा ५ लाख, सरसफाइमा ५१ हजार रुपैया खर्च भएको अध्यक्ष कानुले जानकारी दिए।
सुरक्षा उपसमतिका संयोजक सुशिल गुप्ताका अनुसार छठघाटमा ब्रतालु, दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय ५० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिनेछ । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए।
यस्तै छठघाट परिसरमा १४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ।