सवारी दुर्घटनामा घाइते विरगञ्जका वडा सदस्यको निधन

    • असार ८, २०७९
    • २०९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ८ असार। वीरगञ्ज महानगरपालिका २४ का वडा सदस्यको निधन भएको छ। जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाईनस्थित कान्तिलोकपथ सडक खण्डमा भएको सवारी दुर्घटनामा परी घाइते भएका ३७ वर्षीय कृष्ण कुमार (सन्त) यादवको गएराति निधन भएको हो।

    srijana school

    चितवनको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा भर्ना भई उपचाररत यादवलाई थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा मंगलबार राति बाटोमै निधन भएको बताइएको छ।

    दुर्घटना कसरी भयो ?
    स्थानीय निर्वाचन पश्चात हुने कार्यपालिकाको चुनाव पूर्व निर्वाचित जनप्रतिनिधिलाई कसैले आर्थिक प्रलोभन र दबाबमा पारेर आफू तर्फ नतानोस भनेर उनीहरुलाई लुकाउने परिपाटी वीरगञ्जका लागि नौलो हैन।

    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात पनि कार्यपालिका सदस्यको चुनावमा निर्वाचित भएका जनप्रतिनिधिलाई कसैले दबाब र प्रभावमा नपारोस् भन्ने उद्देश्यले जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अधिक्तम जनप्रतिनिधिहरुलाई मकवानपुरस्थित एक होटलमा राखिएको थियो ।

    जसपाबाट वडा सदस्यमा निर्वाचित भएका यादव पनि सोही समूहमा थिए । वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका दिन मतदान गर्न मकवानपुरबाट वीरगञ्ज आउने क्रममा यादवसहित आधा दर्जन नवनिर्वाचित जनप्रतिनिधि सवार बुलेरो दुर्घटनामा परेको थियो ।

    कान्तिलोकपथ सडक खण्डमा जिपलाइनबाट गढीतर्फ आउँदै गरेको ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप गाडी अनियन्त्रीत भई दुर्घटना भएको थियो । चालकले अत्यधिक मात्रामा मदिरा सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएको कुरा पनि बाहिरिएको थियो । यद्दपी यसको पुष्टि हुन सकेको थिएन ।

    उक्त दुर्घटनामा परी वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का ३० वर्षीय श्रवण यादव, वडा नम्बर ३२ का वडा अध्यक्ष मनोजकुमार यादव, वडा नम्बर २४ कै ३१ वर्षीय सद्दाम हुसेन, वडा नम्बर २५ का ३१ वर्षीय जगदीश साह, वडा नम्बर ३२ की ३५ वर्षीय पूजा राम र वडा नम्बर २९ का धर्मेन्द्रप्रसाद महतो थारू घाइते भएका थिए ।

    यादवसहित ३ जना जनप्रतिनिधिले उक्त दिन दुर्घटनाकै कारण मतदान गर्न पाएका थिएनन् । मतदान नगर्नेमा मनोजकुमार यादव, धर्मेन्द्र प्रसाद महतो र कृष्णकुमार यादव थिए ।

    GBR BHUMI

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल