• सञ्जीव कार्की

त्यही बेला भोजपुरकी योगमाया न्यौपानेको नेतृत्वमा वि.सं. १९७४ मा सती प्रथा, बालविवाहजस्ता सामाजिक कुरीतिविरुद्ध अभियान चलाएर आफ्नो माग पूरा नगरेका कारण योगमायासहित ६८ जना महिलाले अरुण नदीमा जल समाधि लिएका थिए । यो घटनाको तीन वर्षपछि नेपालमा वि.सं. १९७७ असार २५ गते चन्द्र शमशेरले सती प्रथामा रोक लगाए । पहिलो चरणको फेमिनिजमका कारण विश्वमा महिलाको पहुँच विस्तारित हुँदै गयो । यद्यपि लिङ्गका आधारमा विभेद कायम नै थियो ।

सन् १९६३ मा बेटटी फ्रिडानले ‘द फेमिनिन मिस्टिक’ लेखेर उदार नारीवादी धारको सुरुवात गरिन् । उदारवादी धारले शिक्षामा समान अवसर, प्रजनन अधिकार र समान श्रमको समान ज्याला र महिलामाथि हुने बाहिरी विभेदको अवधारणा प्रस्तुत गरेको थियो ।

सन् १९४९ मा सिमोन ‘द बोउवार द सेकेन्ड सेक्स’ले समाज निर्माणका सबै सिद्धान्त पुरुषद्वारा प्रतिपादित भएकाले यसमा महिलाको इच्छा ख्याल गरिएको पाइन्न भन्दै पितृसत्तात्मक संरचनाको विरोध गर्दै नयाँ दर्शन र विचारधारामा जोड दियो । पुरुषभन्दा महिला उत्तम हुन्छन् र यसमा गर्व गर्नुपर्छ भन्ने विचार प्रवाहित ग-यो । विश्वमा नारीवादी यो लहर चलिरहँदा २००२ सालमा चन्द्रकान्ता मल्लले नारी जागरण केन्द्र खोलेकी थिइन् भने २००४ मा 

मङ्गलादेवी सिंहको अग्रसरतामा महिला सङ्घको स्थापना भएको थियो । जसले सामाजिक कुरीति र कुसंस्कारको विरोध गर्दै अधिकारका लागि राणाविरोधी आन्दोलनमा महìवपूर्ण भूमिका निर्वाह ग-यो ।सन् १९७५ मा भएको संयुक्त राष्ट्रसङ्घको महिलासम्बन्धी घोषणापत्रबाट प्रेरित भएर केही महिला सङ्घसंस्था खुले पनि त्यहाँ राजघराना, राणा परिवार र उच्च वर्ग तथा सीमित प्राज्ञिक महिलाको मात्रै वर्चस्व र प्रतिनिधित्व थियो ।

२०१७ सालमा राजनीतिक दललाई लगाइएको प्रतिबन्धविरुद्ध मङ्गलादेवी सिंह, सहाना प्रधान, शैलजा आचार्य, अष्टलक्ष्मी शाक्यलगायतका महिला सङ्घर्षरत थिए । वि.सं. २०४६ को परिवर्तनपछि राजनीतिक–सामाजिक गतिविधिमा महिलाको पहुँच बढ्न थाल्यो र महिलासम्बन्धी कुरीति र हिंसाजन्य कार्यविरुद्ध ऐन कानुन बन्न थाले । नीति निर्माण तहमा महिला अधिकारले स्थान पाउन थाल्यो । 

सन् १९९० को दशकमा उग्र नारीवादी धारको आलोचना गर्दै तेस्रो चरणको नारीवादी धार अस्तित्वमा आयो । सबै महिलाको समस्या एकनासको हुँदैन, महिलामा पनि विविधता छ भन्दै उत्तर आधुनिक नारीवादको तरङ्ग अगाडि देखियो । महिला केवल लिङ्गका आधारमा नभई रङ, वर्ण, जात र वर्गका आधारमा पनि विभेद भोग्न बाध्य हुन्छन् । रङ र लिङ्गका आधारमा हुने विभेदबारे बेल हुक र एन्जिला डेभिसले ब्ल्याक फेमिनिजमको अवधारणा प्रस्तुत गरे ।

भारतमा नारीवादले उपल्लो र मध्यम जातका महिलालाई मात्र सम्बोधन गर्छ भन्दै ‘दलित फेमिनिजम’को नारा पनि निस्कियो । सती प्रथाको विरोध र विधवा विवाहको चेतना पनि विकास भयो । औपनिवेशिकीकरणको असर राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा परेको हुँदा यसलाई सशक्त ढङ्गले उठाउन ‘पोस्ट कोलोनियल फेमिनिजम’ पनि सतहमा देखा प-यो । पहिलो र दोस्रो नारीवादी आन्दोलनको प्रभाव अमेरिका र युरोपमा ज्यादा देखिए पनि तेस्रो धारको लहर नेपाल, भारत र दक्षिण एसियाली राष्ट्रमा व्यापक मात्रमा देखियो । 

नेपालमा यस अवधिमा माओवादी जनयुद्ध, मधेश आन्दोलन र विभिन्न जनजाति र दलित आन्दोलनलगायत भएका थिए । यी आन्दोलनको उपलब्धिस्वरूप महिला, मधेशी, जनजाति, दलित र विविध कारणले राज्यको मूल प्रवाहमा पर्न छुटेका छुटाइएका सीमान्तकृत समुदायको पहिचान, प्रतिनिधित्व र पहुँचको संवैधानिक ग्यारेन्टी भयो । जसले गर्दा राष्ट्रपति, सभामुख, न्यायाधीशजस्ता महìवपूर्ण पदमा महिला पुग्न सफल भए ।

साथै जातीय छुवाछूत, बोक्सी, बालविवाह छाउपडीजस्ता कुरीतिमा पनि समाज चलायमान भयो र सचेतता अपनाउने तहमा पुग्यो । साथसाथै फरक लिङ्ग भएका अन्य लिङ्गीय पहिचान एलजीबीटीक्यू आन्दोलन पनि देखा प¥यो र महिलाको यौनिकता र शरीरमाथिको आवाजमा कुरा चल्यो । नारीवादी कोणबाट समाजमा अनेकन बहस, छलफल र प्रसङ्ग चलेका छन् । तसर्थ अबको नारीवादी आन्दोलन नयाँ शिराबाट बहस गर्दै उठ्नु आवश्यक छ । के हो नारीवाद, के होइन नारीवाद ? आदिबारे यसरी बुझ्नु र बुझाइनु सान्दर्भिक हुन्छ । 

के हो नारीवाद ?

सह–अस्तित्व र समान मर्यादाको खोजी नारीवाद हो । नारीवाद विभेद र थिचोमिचोविरुद्धको प्रतिरोधी आवाज हो । नारीलाई सङ्कुचनमा राखिराख्ने संरचनागत भेदको अस्वीकृति र नारी पुरुषको अविभाज्यताको स्वीकारोक्ति हो । पुरुषको निषेध र विरोध किमार्थ होइन । समन्याय, समभाव र शक्ति सन्तुलनको अभ्यासको खोजी हो । नारीको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, व्यक्तिगत र समग्र स्थितिमा पहुँच विस्तारको मार्ग नारीवादी दर्शन र अभिव्यक्ति हो । नारी–पुरुषको प्राकृतिक तथा शारीरिक विभेद असमानताको प्रतीक र कारण बन्नु हुँदैन भन्ने मान्यता, लैङ्गिक असमानताविरुद्ध सचेतना र खबरदारी, पुरुषसरह समान साझेदारी नै आजको नारीवादको विषय र पक्षधर रहेको छ ।

नारीवाद पुरुषको मात्रै विरोध र महिलाको मात्रै पृष्ठपोषण होइन र हुन सक्दैन । आवाजविहीन नारीको आवाज नारीवाद हो । नारीले गरेको पितृसत्तात्मक सोच र शैलीको प्रतिवाद पनि नारीवाद हो । नारी पुरुषलाई असमान बनाउने संरचना पात्र र प्रवृति जसको भए पनि त्यसलाई नियन्त्रण र नियोजन गरी समताभाव विकास गर्ने अभियान नारीवाद हो । पुरुष मात्र श्रेष्ठ हुन्, छन् भन्ने परम्परागत मान्यताको बदला नारी–पुरुष दुवै श्रेष्ठ हुन्छन्, हुन् र हुन सक्छन् भन्ने सामयिक विचार नारीवाद हो । नारीमाथि पुरुषका हरेक प्रकारका अधीनस्थता समाप्त पार्नु नै नारीवाद हो । 

के होइन नारीवाद ?

नारीवाद पितृसत्तात्मक सत्ता भत्काउने अभिष्ट हो तर यसलाई भत्काएर मातृसत्ता स्थापनाको प्रस्थानबिन्दु होइन । समता, मर्यादा र सहअस्तित्वको सवाल र स्वीकारको स्थिति हो । खराबलाई खराब भन्ने सामथ्र्य हो । पुरुषलाई नारी द्वैषी र नारीलाई पुरुषविरोधी देख्ने प्रवृत्तिको अन्त्य गर्ने प्रयास हो । कुनै पुरुषले बलात्कार गर्दा सबै पुरुषको लिङ्ग छेदन, नपुंसक बनाउने विचारजस्तो अतिवादी दृष्टिकोण नारीवाद होइन । बलात्कार बलात्कारीले गर्छ न कि सबै पुरुषले ? पुरुष जात नै बलात्कारी देख्ने पराकाष्ठाको विरोध पनि नारीवाद हो । नारीको हक रक्षा गर्दा पुरुषको हक खोस्ने विचार नारीवाद होइन । पुरुषनियन्त्रित अधिकार र अतिरिक्त अधिकरण गरेको लाभ नारीको भागमा पनि आउनुपर्छ भन्ने विचार मात्रै हो नारीवाद ।

विगतदेखि पुरुषले दमन, शोषण र थिचोमिचो गरे अब हाम्रो पालो भनेर नारी सत्ताको अभ्यासको नारा दिएर बदला, दमन र प्रतिशोध आजको नारीवाद होइन । पुरुषभन्दा पृथक् अस्तित्वको खोजी, आत्मकेन्द्रित न्याय, दोषीजति सबै पुरुष मात्र हुन् भन्ने आग्रही सोच, निरपेक्ष प्रजनन अधिकारको वकालत, पुरुषसँग अलगाव सम्बन्धको कुरा, प्रजनन तथा यौनाङ्गलाई हतियार बनाएर प्राकृतिक न्यायको सिद्धान्तभन्दा पर गएर गरिने बहस नारीवादको मूल मर्म होइन । नारीले गर्ने गलत हर्कत प्रतिशोध बदला र अहङ्कारको ढाकछोपको आवरण होइन नारीवाद । न पुरुषविरोधी पहिचान र आतङ्क हो नारीवाद ? केवल सच्चा मानवताको हिमायती नै नारीवाद हो । 

नारीवाद किन ?

हजारौँ वर्षदेखिको दमन, उत्पीडन र ज्यादतीबाट उन्मुक्ति पाउन नारीवाद जन्मिएको हो । नारीमैत्री समाज निर्माण गर्न, राष्ट्रका हरेक निकाय र अङ्गमा नारी सहभागिता सुनिश्चित गर्न, पिछडिएको हेपिएको अनुभूति नहोस् भन्नका लागि नारीवाद चाहिएको हो । नारीको कुनै पनि कार्य र भूमिकाको गलत अनुमान गर्न पाइँदैन भनेर नै नारीवादको आवाज उठेको हो । मानवताको आत्मसात् र आत्मसम्मान हो– नारीवाद ।

पहिचानका लागि आन्दोलन, आन्दोलनका लागि विचारधारा यी एकअर्काका परिपूरक हुन् । नारी अस्तित्वको रक्षा, समान अधिकार, समान ज्याला, सङ्गठित आवाज, सुरक्षा स्वतन्त्रताका लागि नै नारीवाद अपरिहार्य भएको हो । नारी, पुरुषलगायत अस्तित्वमा रहेका अन्य लैङ्गिक पहिचानको सहअस्तित्व, सम्मान, मर्यादा र विश्वासबाट मात्रै समाज समुन्नत र सभ्य बन्न सम्भव हुन्छ ।                                                      गोरखापत्रबाट।