अर्नमा गापामा जसपाका जिल्ला अध्यक्ष अशोक यादव निर्वाचित

    • जेठ ४, २०७९
    • ६६३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ४ जेष्ठ। सिरहाको अर्नमा गाउँ पालिका अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार अशोक कुमार यादव विजयी भएका छन्। नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका चन्देश्वर मण्डललाई ४ सय २३ मतले पछि पार्दै जसपाका जिल्ला अध्यक्ष समेत रहेका यादव निर्वाचत भएका हुन्।

    अन्तिम परिणाम अनुसार ३ हजार ३ सय ३३ मत प्राप्त गर्दै यादव विजय हुँदा निकटतम प्रतिद्वन्द्वि चन्द्रश्वर मण्डलले २ हजार ८ सय १० मत प्राप्त गरेका छन्। जित्ने सुनिनिश्चिताको साथ उम्मेदवारी दिएका नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मण्डलले फराकिलो पराजय भोगेको छ। यस अघिको निर्वाचनमा पनि उनी दोस्रो स्थानमा थिए।

    निवर्तमान गाउँ पालिका अध्यक्ष ठक्कु महतो कोईरी २ हजार २ सय २० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

    गाउँ पालिकाको जम्मा ५ वटा वडा मध्ये एउटा नेकपा माओवादी केन्द्र र २/२ वटा जसपा र नेकपा एमालेले जितको छ।

    वडा नम्वर १ मा नेकपा माओवादी केन्द्रको गफार मियाँ ९ सय १० मत ल्याएर विजय भएको छ।

    नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका वडा नम्वर २ का दिपेन्द्र यादव ४ सय ७० र वडा नम्वर ४ का शिव शंकर यादव ५ सय ६१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

    जसपाका तर्फबाट वडा नम्वर ३ मा उम्मेदवारी दिएका महेश यादवले १ हजार १ सय २७ र वडा नम्वर ५ बाट मनिकलाल यादव ५ सय ८८ मत प्राप्त गर्दै विजयी भएका छन्।

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल