सिरहा, २६ वैशाख। आसन्न स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिएका एक जनाको मृत्यु भएको छ। नेकपा एमालेबाट सिरहा नपा ५ का वडा सदस्यका उम्मेद्वार ६५ वर्षिय मुना सेखको गत विहिवार मृत्यु भएको हो।
उनको आफ्नै कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जनाए।
उनको मृत्यु भएपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन्।
सेखको मृत्यु भएको खवर पाएलगतै निर्वाचन आयोगलाई सूचना गराएर निर्वाचन आयोगले पठाएको प्रकृया अनुसार ३० गतेकै निर्वाचनमा सहभागी हरनेगरी उम्मेदवारी दर्तागरी आवश्यक प्रकृया पुरागरी निर्वाच्न चिन्ह समेत प्रदान गरीसकिएको प्रमुख निर्वचन अधिकृत प्रकाश खरेलले जानकारी दिए।
निर्वाचन अधिकृत खरेलले भने, ‘हामीलाई जानकारी आउनासाथ निर्वाचन आयोगलाई पत्रलेख्यौ, आयोगले तत्काल प्रकृया पठाईदिएपकाले ३० गते कै निर्वाचनमा सहभागी हुनेगरी प्रकृया पुरा गरेर निर्वाचन चिन्ह दियौं।’