सिरहा, २६ वैशाख । आसन्न निर्वाचनलाई लक्षित गरी सिरहा प्रशासनले मङ्गलबार रातीबाट बन्द गरर्ने भएको छ। निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मित्रर्राष्ट भारतसँग जोडिएको सीमानाका ७२ घण्टा अगाडीबाट बन्द गर्ने जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा उल्लेख गरिएको छ।

333

जारी सूचनामा २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म सवारी साधन र मानिस समेत होरदोर गर्न नपाउने जारी सूनामा उल्लखे गरिएको छ।

सिरहासँगै देशैभर सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ।
मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनुमति बेगर सीमाबाट आउ–जाउ गर्न नदिन निर्देशन दिइएको जानकारी दिए ।

नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्दछ ।
मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुडाउन पाइने छ ।