फाईल फोटो ।
भोजपुर, २३ वैशाख। भोजपुरको षडानन्द नगरपालिका एक घरमा आगो लाग्दा अढाई वर्षीया एक बालिकाको मृत्यु भएको छ। आगोमा परेर बालिकाका आमा–बुवा घाइते भएका छन्। आगलागिमा परी षडानन्द नगरपालिका बोया बिहीबारे बजारका खेममणि तामाङकी साढे २ वर्षीया छोरी रेश्मा तामाङको मृत्यु हो ।
आगलागिमा परेर खेममणि र उनकी श्रीमती मिना तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार राईले जानकारी दिए। आगलागिको कारणभने अझै नखुलेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।
खेममणि तामाङको पसलबाट सुरु भएको आगलागीबाट चार घर जलेर नष्ट भएका छन्। आगलागीबाट उनको पसलसहितको घर जलेर नष्ट भएको छ।
त्यसैगरी, स्थानीय डम्बर तामाङको २ वटा घर, हरि गोलेको किराना पसल, अर्जुन तामाङको घर तथा होटल र सूर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर नष्ट भएको डीएसपी राईले जानकारी दिए।