सिरहा, १५ वैशाख। नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार आचारसंहिता विपरित गतिविधी गरेको भन्दै दुईजना पत्रकारलाई स्पष्टि करण सोधेको छ। यहि वैशाख ३० गते हुनगईरहेको स्थानीय तह निर्वाचनमा पत्रकारद्वय जिवछ यादव र फिरोज सिद्दीकीले पत्रकार आचारसंहिता विपरित पार्टी र व्यक्ति विशेषको सामाजिक सञ्जालमार्फत मत माँगेको भन्दै स्पष्टिकरण सोधेको हो।
महासंघ सिरहा शाखा अध्यक्ष मनोज वनैताद्वारा जारी विज्ञप्तीमा ‘पत्रकारद्वय यादव र सिद्दीकीले सामाजिक सञ्जालमार्फत व्यक्ति विशेष तथा पार्टीको मत मागेको गुनासाहरु आएकाले त्यसप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।’
जरी विज्ञप्तीमा लेखिएको छ, ‘पत्रकारद्वय यादव र सिद्दीकिलाई किन कार्यवाही नगर्ने सम्बन्धमा महासंघ कार्यसमितिले स्पष्टिकरण सोधेको छ। वहाँहरुलाई २ दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न महासंघ अनुरोध गर्दछ।’
पत्रकार महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय केन्द्रिय बैठकद्वारा जारी भईसकेकोले सोही अनुसार हुने अध्यक्ष बनैताले जनाए।
हाम्रो जिल्लाका पत्रकार साथीहरुले उम्मेद्वारी दिएका भए र घोषणा गरेका भए उनीहरुको सदस्यता स्वतह रदहुने अध्यक्ष बनैताले जनाए। उनले भने, ‘केही विद्वान साथिहरुले उम्मेद्वारी दिएको र घोषणा गरेका थिए। उहाँहरुले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने थियो । दिनुभएन तर पनि उहाँहरुको सदस्यता स्वतह रद्द भइसक्यो, नविकरण हुँदैन।