राजविराज, १४ वैशाख । बिहेमा डिजे बनाउने विषयमा भएको झडपमा परी सप्तरीमा एक युवकको मृत्यु भएको छ। सोमबार भएको झडपमा घाइते भएका खडक नगरपालिका ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो।
रामचन्द्र पासवानको घरमा सोमबारराति जन्तीले ल्याएको डिजे बजाउने विषयमा भइको विवादले झडपको रुप लिएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए।
उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।