सिरहा, १३ वैशाख। सिरहाको दक्षिणी भारतीय सीमानासँग जोडिएको भगवानपुर चौकदेखि करिव सय मिटर पश्चिम आज विहान एक युवकको शव फेला परेको छ। शव सप्तरी सुरुङ्गा नपा मधुपट्टीका ३६ वर्षिय सुदिप चौधरीको रहेको प्रहरीले जनाएको छ।
स्थानीयले शव देखेर प्रहरीलाई खवर गरेपछि पुगेका प्रहरीले घटना मुचुल्कागरी पोष्टमार्टमको लागि रामकुमार स्मारक अस्पताल पठाएको प्रहरीको भनाई रहेको छ।
घटनाबारे थप अनुसन्धान भईरहेको बताइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जनाएको छ।