सिरहा, ११ वैशाख। पर्खाल लगाउने विषयमा सधियारविच भएको विवादमा इँटा हानाहान हुँदा सिरहामा शनिवार एक जनाको मृत्यु भएको छ। सिरहा नगरपालिका १३ फुलवरियामा पर्खाल लगाउने विषयमा सँधियारविच भएको झडपमा परि स्थानीय ५४ वर्षीय धनेश्वर महराको मृत्यु भएको हो।

333

इँटा प्रहारबाट गम्भीर घाइते भएका धनेश्वरको उपचारका लागी प्रादेशिक अस्पताल सिरहामा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बुढाथोकीले जानकारी दिए।

कुटपिटमा संलग्न स्थानीय ४१ वर्षीया लक्ष्मी महरा र उनका भाइ ३२ वर्षीय ब्रह्म देव महरालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनीहरुलाई ज्यानसम्वन्धि मुद्दामा ७ दिनको म्याद थपी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

278335338_360710746006172_5298258433322323470_n