वीरगञ्ज, ८ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले जीउ मास्ने बेच्ने उद्दोगका फरार प्रतिवादी लाई ३२ वर्षपछि पक्राउ गरेको छ । २०४६ भाद्र १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर २ महिलालाई बिक्रि गरेको जाहेरीको आधारमा प्रहरीले उदयपुरको कटारी नगरपालिका ३ बस्ने पर्साको ठोरी गा.बि.स ९ का ५७ वर्षीय विष्णु बहादुर थापालाई बुधवार पक्राउ गरेको हो।

पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गतेको फैसला अनुसार १० वर्ष कैद र २५ हजार जरिवाना सजाय तोकिएपनि उनी फरार रहेका थिए ।
थापालाई उदयपुरको कटारी नगरपालिका वडा नमबर ३ मा लुकिछिपी बसीरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फरार कसूरदार पक्राउ टोलीले पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

पक्राउ परेका थापालाई जिल्ला अदालत पर्सामा बुझाइएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए।

278335338_360710746006172_5298258433322323470_n