सिरहा, ८ वैशाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ चोहर्वामा यात्रुबाहक वस र टिफर आपसमा ठोकिदा ३१ जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना. ६ ख ८२०१ नम्वरको बस र विपरित दिशाबाट आईरहेको को. १ ख ५४३४ नम्वको टिफर आपसमा ठोकिंदा महोत्तरीको भङ्गहा नपा ३ टिकुलियाका ४४ वर्षिय सुनिल सिंह, ६५ वर्षिय महेन्द्र चौधरी, गौशाला नपाका ४५ वर्षिय लालो चौधरी, धनुषाका १२ वर्षिय अर्जुन चौधरी, दुवै गाडीका चालक सहित ३१ घाईते भएका छन् ।

278102246_1071247807081842_5904883143990559740_n
जन्ती बोकेको बस सप्तरीबाट महोत्तरीको भङ्गहा फर्किरहेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटनामा घाईते सवैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए । उनीहरुको स्थानीय लाईफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भईरहेको छ ।


पश्चिमबाट आईरहेको ट्रकले अर्को गाडीलाई उच्छिन्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ । दुवै चालक र सवारी प्रहरी नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

278335338_360710746006172_5298258433322323470_n