सिन्धुली , ६ वैशाख । बाल विवाह गरेको अभियोगमा सिन्धुलि प्रहरीमा उजुरी दर्ता भएको छ । १७ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गरेको आरोपमा गोलञ्जोर गाउँपालिका ६ का १७ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको हो ।

बालविवाह गर्ने बालकविरुद्ध हिजो जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दर्ता भई जिल्ला अदालतमार्फतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

गोलञ्जोर गाउँपालिका ६ बलेनीस्थित महादेवको मन्दिरमा विवाह गरी बेहुलीसहित घर तर्फने अवस्थामा बेहुलाबेहुलीलाई नै प्रहरीले वैशाख ४ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले बेहुलीलाई भने परिवारको जिम्मा लगाएको छ ।

pk-farnichar