एन्फा विवादको बाछिटा जिल्ला संघमा, गृहकार्य नपुगेको बारा अध्यक्षको स्पष्टोक्ती

    • बैशाख ४, २०७९
    • १८७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ४ बैशाख । जिल्ला फुटबल संघ बाराको कार्यसमिति चयनमा विवाद सृजना भएको छ । शनिवार कार्यसमिति चयन गर्न बसेको बैठकले सर्वसहमतिबाट टुंगो लगाउने लगभग पक्कापक्की भइसक्दा पनि अन्तिममा बैठक स्थगित गर्नु परेको जिल्ला फुटबल संघ बाराका अध्यक्ष महमद सैमुल्लाहले जानकारी दिए ।

    उनले भने, ‘शुरुमा सर्व सहमतिबाट चयन गर्ने तयारी थियो, अन्तिममा केही गृहकार्य पुगेन । अनि समय पनि नभएपछि स्थगित गरेका छौँ ।’ सैमुल्लाहका अनुसार जिल्ला फुटबल संघको बैठक छिटै बोलाएर कार्य समिती सर्व सहमतिमै गरिने योजना छ ।

    यद्यपी संघको अध्यक्षका आकांक्षीहरु कृष्णमोहन चौधरी र रामचन्द्र लामाले अडान नछोडेपछि निर्वाचनमै धकेलिन सक्ने संकेत देखिएको छ । केन्द्रको लागि मताधिकार दिनुपर्ने सैमुल्लाहले माग राखेपछि कुरा बाँझिएको मानदेव हजराले बताए । जिल्ला फुटबल संघहरुमा पनि केन्द्रिय समितिको विवादको बाछिटा परेको अन्य फुटबल प्रेमीहरुले आभाष गरीरहेका छन् ।

    त्यही विवादको परिणाम बारामा सहमति हुन नसकेको भएपनि पदाधिकारीले भने अस्किार गरेर गृहकार्य नपुगेको स्पष्टोक्ति दिएका छन् । अध्यक्ष सैमुल्लाहले विवाद नगरेर फुटबलको बिकास र फुटबल खेलाडीको क्षमता अभिवृद्धि गर्नुपर्ने कुरा मुख्य विषय भएो बताएका छन् ।

     

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    चेत्र १५ बाट सातौं ग ...

    सिरहा, १४ चैत। गोलबजार नगरपालिकाको आयोजनामा सातौं गोलबज ...

    कर्जन्हा नगरपालिकाका ...

    सिरहा १४ चैत । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मे ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल