सिरहा, ४ वैशाख । आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचन सुरक्षाकालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको भएपनि अझै हतियार बुझाएको छैन । जिल्लामा ३ सय १४ थान इजाजत प्राप्त हतियार रहेपनि आजसम्म २२ थान हतियारमात्र बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तोकेको समयमा सवैहतियार नआएको जानकारी दिए । उनले हतियार प्रहरी घर घर खटाएरै ल्याउने भन्ने गरी गृहमन्त्राललाई पत्र लेखेको भन्दै गृहमन्त्रालय बाट आएको निर्देशन बमोजिम गर्ने प्रमुख जिल्ला अधिकारी कवाडीले बताए ।


उनले भने, ‘प्रशासन कार्यालयले चैत मसान्तभित्र बुझाउन पत्र लेखेको थियो यो अवधिमा ३ सय १४ मध्येय २२ थान अतियारमात्रै बुझाएको छ, बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम गर्ने छौं ।’
सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई चैत मसान्तभित्र आफूसँग रहेको हतियार प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेका थिए ।


जिल्ला प्रशासन कार्यायलयले गत चैत ७ गते सूचना जारी गरी तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेलख गरेको छ ।