जनकपुर, २८ चैत । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिल झालाई ५ लाख नगद रुपैयाँ घुस सहित अख्तियारले रङ्गेहात पक्राउ गरेको छ । ab mal अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले प्रमुख झालाई आज बिहान जनकपुरको भानुचोकबाट पाँच लाख घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
प्रमुख झाले जग्गाको हकछाप सम्वन्धि मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग ५ लाख रूपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए । उनलाई पक्रेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

srijana