वीरगञ्जमा शुक्रवारदेखि अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

    • चैत्र २५, २०७८
    • ३९० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २५ चैत । वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । पर्सा जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको मधेश प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरेका हुन् ।siraha pawlik
    नेपालका सात वटै प्रदेशबाट ७ समूह, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब तथा भारत र बंगलादेशका गरी १७ टिमका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
    पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठका अनुसार प्रतियोगितामा ४१ केजीदेखि ७४ केजी तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
    प्रतियोगितामा खेलाडी, रेफ्री र प्रशिक्षक गरि करिब ३ सय जनाको सहभागीता रहेको संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक बिरेन्द्र पटेलले बताए । पटेलका अुनसार अगामी १४ औं साग खेलकुद प्रतियोगिता र इन्डोनेसियामा हुने १९ औं एसियन खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै वीरगन्जमै अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको हो ।
    प्रतियोगिताको उद्घाटन समारोहमा मधेश प्रदेशका प्रदेशसभा सदस्य राजेश्वर साह तेली, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, शिक्षाविद् प्राध्यापक डा. दीपक शाक्य, वडा अध्यक्ष रामनगीना साह कानु, एमाले नेता शीव पटेल लायगतले खेल र खेलाडीको प्रोत्साहनका लागि प्रतिबद्ध रहनुपर्नेमा जोड दिएका थिए ।

     

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल