वीरगञ्ज, २२ चैत । वीरगञ्जमै पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पर्सा जिल्ला तेक्वान्दो कार्य समितिले यहि चैत २५ र २६ गते आयोजना गर्न लागेको प्रतियोगितामा नेपाल सहित भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, पटना, भुटान र बंगलादेशबाट आएका १७ वटा समूहका खेलाडीहरु सहभागी हुन लागेका हुन् ।

277416838_768835344089663_1584470443919949912_n प्रतियोगिताका संयोजक बीरेन्द्र पटेलका अनुसार ७ वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँगै भारतका ५ वटा, भुटान र श्रीलंका गरी १७ समूहको सहभागीता रहने छन् । १४ औं साग गेम र इन्डोनेशियामा हुन गइरहेको १९ औं एशियन गेमलाई लक्षित गरेर प्रतियोगिताको आयोजना गरिएको पटेलले बताए ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद प्राप्त गर्नेछन् भने वेस्ट फाइटर एक महिला र एक पुरुषलाई २५÷२५ हजार नगद पुरस्कार प्रदान गरिने पर्सा जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए ।