लेखक गिरीश गिरीको गृह जिल्लाबाट सत्यमोहनको शहर यात्रा

    • चैत्र १९, २०७८
    • ८९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १९ चैत । पत्रकार तथा लेखक गिरीश गिरीको गृह जिल्लाबाट सत्यमोहनको शहर यात्रा थालनी भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथामा आधारित रहेर गिरीद्वारा लिखित पुस्तक ‘सत्यमोहन’ को शहर यात्रा पर्साको वीरगञ्जबाट शुरुवात गरिएको हो ।
    त्रिभुवन विश्वविद्यालयभन्दा जेठा क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसको सभा कक्षमा आयोजित पुस्तकमाथि परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै लेखक गिरीले पुस्तक लेख्न शुरु गरेदेखिको अनुभव संक्षिप्त रुपमा सुनाएका थिए । सत्यमोहनको आत्मकथा भएपनि समग्र नेपालको इतिहास पुस्तकमा समेटिएको गिरीको भनाई छ । १ सय २३ वर्षको उमेर हुँदा सम्म पनि देश र देशवासीका लागि चिन्तन गर्ने व्यक्तिको कथालाई पुस्तकमा उतार्ने सौभाग्य प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै गिरीले भने, ‘देशको भाषा, संस्कृति एवम् रहनसहन सम्बन्धमा मात्रै नभएर कला देखि हरेक क्षेत्रमा उहाँको योगदान अतुलनीय छ । पुस्तकले उहाँको अनुभव नयाँ पुस्तासम्म पु¥याउन पुलको काम गर्नेमा म विश्वस्त छु ।’satyamohan
    पुस्तकका बारेमा परिचर्चा गर्दै लेखक कुमार नगरकोटीले पुस्तक अत्यन्तै प्रेम एवम् आत्मियपूर्वक लेखिएको बताए । हाँस्यापद शैलीमा नगरकोटी भन्छन्, ‘मलाई भेट्दा र बोल्दा कहिलै पनि आत्मिय र प्रेमिल नलाग्ने व्यक्ति पुस्तक पढेपछि आत्मिय र प्रेमिल लाग्नुभयो ।’ लेखक गिरीको प्रेमिल शैलीले उहाँको जीवनीलाई पूर्ण रुपमा न्याय गरेको उनको भनाई छ ।
    बुक हिल प्रकाशन गृहका प्रबन्ध निर्देशक भुपेन्द्र खड्काले देशको इतिहास बोकेको पुस्तक आफ्नो प्रकाशन गृहबाट प्रकाशन भएकोमा खुशी व्यक्त गरे । वीरगञ्जले सत्यमोहन पुस्तकप्रति देखाएको प्रेम अकल्पनीय रहेको बताउँदै यस्तै प्रेम सदैव पाइरहने अपेक्षा गरे । वीरगञ्जलाई व्यापारिक शहर भनेर चिनिने भएपनि दिग्गज साहित्यकार एवम् लेखकहरुको थलो भएकाले वीरगञ्ज साहित्यको उर्वर भूमि भएको खड्काको भनाई छ ।
    कार्यक्रममा स्वागत मन्तव्य राख्दै बरिष्ठ लेखक गणेश प्रसाद लाठले वीरगञ्जमा साहित्यीक गतिविधि पुनः बढ्दै गइरहेको बताए । विगतमा साहित्यको क्षेत्र रहेको वीरगञ्जमा विस्तारै साहित्यीक गतिविधि कम हुँदै गइरहेको अवस्थामा पुनः साहित्यले गति लिएको लाठको भनाई छ ।
    पाठशाला नेपालका अध्यक्ष बालगोपाल थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार के.सी. लामिछानेले गरेका थिए ।

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल