सिरहा‚ १९ चैत । गैर आबासीय नेपाली संघ (एनआरएनए) रास्ट्रीय समन्वय परिषद् साउदी अरबका नव निर्वाचित अध्यक्ष डम्बर यादवलाई आफ्नै जन्म थलोमा भब्य स्वागत गरेका छन् । सिरहाको बिष्णुपुर गाउँपालिका ३ घर भएका अध्यक्ष यादवलाई गाउँकै उज्जवल समाज कल्याण समितीको आयोजनामा स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा उनले संघले देश तथा विदेशमा समस्यामा रहेकाहरुलाई सहयोग गर्दै आएको बताए । उनले विदेशा समस्यामा रहेका कामदार र देशमा पनि शिक्षा‚ स्वास्थ्य तथा गरिवीमा रहेकाहरुलाई आर्थिक‚ नैतिक सहयोग गर्दै आएको बताए ।
बिगतको कोभिड कालमा रोजगारीको शिलशिलामा विदेशमा अलपत्र नेपालीलाई खाना‚ आवास र घर आउन चाहने नेपालीलाई टिकटको समेत ब्यबस्था गरेको बताए ।
उनले‚ देश र समाजलाई समृद्ध बनाउनका लागि शिक्षामा सुधार ल्याउनु पर्नेमा जोड दिए । अहिलेको शिक्षाको अवस्थाले आफू जतिबेला पनि चिन्तित रहेको यादवले बताए ।
यो संस्था सन २००३ अक्टोबर ११ मा स्थापना भएको अध्यक्ष यादवले जानकारी दिए । नेपालमा भने बि.स.२०६४ सालमा नेपाल सरकारबाट मान्यता पाएको बताए । उनी २०२१–२०२३ को लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
स्वागत कार्यक्रममा मधेश प्रदेशका पुर्ब मन्त्री सुरेश कुमार मण्डल‚ गाउँपालिका अध्यक्ष जागेस्वर यादब‚ जसपा केन्द्रिय सदस्य असेस्वर यादब‚ जिल्ला उपसभापती सरोज कुमार यादब लगायतले स्वागत गरेका थिदए ।
अध्यक्ष यादव करिब दुई दशक देखि रोजगारीको लागि साउदि अरबमा बस्दै आएका छन् ।