सुरेश राय
सिरहा, १७ चैत । प्रथम गोलबजार नगर स्तरीय क्रिकेट प्रतितोगिताका उपाधी गोलबजार ३ हात पारेको छ । आजको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेका वार्ड नम्वर ३ ले वार्ड नम्वर ८ चोहर्वा लाई १४ ओभरको खेलमा १३ ओभरमा अलआउट भई ८६ रनको लक्ष्य दिएका थिए ।
ओपनर ब्याटिङ गर्न वार्ड नं. ३ का खेलाडी नागेन्द्र अधिकारी र रबिन सिंह आएका थिए । खेलको पहिलो ओभरको वलिङ गर्न अभास यादब आएका थिए । उनी पहिलो ओभरको २ बलमै आफ्नो टिमका लागि १ बिकेट लिन सफल भएका थिए । रबिन सिंहले आफ्नो टिमका लागि शून्य रन बनाएर आउट भएका थिए ।
त्स्तैगरी, ओपनर नागेन्द्र अधिकारी ११ बलमा २५ रन बनाएर आउट भएका थिए । सातौं नम्बरमा वार्ड नम्बर ३ का खेलाडी कुश मन्डलले १ रन बनाएका थिए भने २ ओभर १ बलमा ३ बिकेट लिएर म्यान अफ द म्याच घोषित भएको खेलका सह–आयोजक सुरजा साहले जन्कारी दिए ।
वार्ड नम्वर ८ बाट ओपनर ब्याटिङ रुपेश यादब र उमेश यादबले गरेका थिए । दुबै जनाले पहिलो ओभरमै ७ रन बनाएका थिए, भने पहिलो ओभरमा वलिङ गर्न ३ नम्वरका खेलाडी रुपेश सिंहले गरेका थिए । उनले एक ओभरमा ७ रन दिएका थिए ।
दोस्रो ओभरमा वलिङ गर्न कुश मन्डल आएका थिए ।भने उनले १ बिकेट लिएर शून्य रन दिएका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न वार्ड नम्बर ८ का खेलाडी नितिश रायले २८ बलमा २५ रन बनाएर आउट भएको आयोजक दिनेश सहनिले जन्कारी दिए ।
वार्ड नम्बर ८ का खेलाडी १२ ओभर १ बलमा ५८ रन बनाएर अलआउट भइ आफ्नो टिमलाई जित दिलाउन असफल भए ।
प्रीतयोगितामा विजेता टिम वार्ड नम्वर ३ लाई नगद १५ हजार, ट्रफी र प्रमाण पत्र वितरण गरेको आयोजक सहनीले जानकारी दिए। दोस्रो विजेता वार्ड नम्वर ८ लाइ नगद १० हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरेको छ ।
प्रथम गोलबजार नगर स्तरिय क्रीकेट प्रतितोगिताको फाइनल खेलमा प्रमुख अथिती गोलबजार नगरपालिकाका नगर प्रमुख देबनाथ साहले खेलको माध्यमबाट देश विदेश नाम राख्न सवै खेलाडीहरुलाई आव्हान गरे ।
उनले नगरपालिकाले विभिन्न खेलको विकासमा टेवा पुर्याउँदै आएको बताए । उनल भने, ‘नगरको तर्फबाट विभिन्न खेलका खेलाडीहरुलाई प्रोत्साहा गर्ने कार्य भईरको छ, अव तपाईहरुले गोलबजारलाई देश विदेशमा परिचित गराउनु पर्छ ।’
नगरप्रमुख साहले आफ्नै पालिकाभित्र प्रतियोगिता भएकाले यहाँ कसैले हार जित भन्दा पनि सिक्ने, बुझ्ने अवसर पाएको रुपमा बुझ्नु पर्ने बताए ।
फाईनल खेलमा प्रशास्किय अधिकृत अनन्त कुमार पौडयाल, ३ नम्बरका वडाअध्यक्ष धनप्रसाद लामा, ८ नम्वरका वडाअध्यक्ष नागेन्द्र सिंह महतो, शिक्षा तथा खेलकुद शाखाका प्रमुख सुबोध लामा लगाएतको उपस्थिति रहेको थियो ।