एसियन सिख गेम्समा पदक जित्ने पर्साका खेलाडीलाई सम्मान

    • चैत्र १७, २०७८
    • २२७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १७ चैत । भारतको नयाँ दिल्लीमा सम्पन्न एसियन सिख गेम्स २०२१ मा उत्कृष्ट प्रदर्शन गर्ने पर्सा जिल्लाका १५ खेलाडीलाई सम्मान गरिएको छ । पर्सा जिल्ला तेक्वान्दो संघले स्वर्ण तथा रजक पदका विजेता १५ खेलाडीलाई सम्मान गरेको हो ।
    सिख गेम्स फेडरेसन अफ ईन्डियाले २९ डिसेम्बरदेखि ३१ डिसेम्बरसम्म भारतको नयाँ दिल्लीमा आयोजना गरेको प्रतियोगितामा वीरगञ्जका १५ जनाले स्वर्ण तथा रजक पद जितेका थिए ।
    उनीहरुको प्रोत्साहनका लागि एक समारोहको विच सम्मान गरिएको पर्सा जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष रोशन गुप्ताले जानकारी दिए । एसियन सिख गेम्स २०२१ मा पर्सा जिल्लाबाट सहभागी भएकामध्ये ६ जनाले स्वर्ण, ४ जनाले रजत र ५ जनाले काँस्य पदक जितेको गुप्ताले बताए ।
    स्वर्ण पदक जित्नेमा आफ्ताब आलम, एमडी सोहब अख्तर, जेकि यादव, प्रथम वर्णवाल, कृष्ण मण्डल र प्रदिप तिवारी रहेका छन् ।
    यस्तै रजत पदक जित्नेमा इम्रान शेख, आदित्य कुश्वाह, मुस्ताफ अन्सारी र अमित कुमार रहेका छन् ।
    त्यस्तै शनि पटेल, आदित्य सिँह, सोनु प्रजापति, राज गुप्ता र मुन्ना यादवले काँस्य पदक जितेका छन् ।
    कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र बहादुर कुर्मी क्षेत्री, बरिष्ठ सल्लाहकारद्वय दिपक तिवारी, निशान्त लामिछाने, मन्सुर हवारी लगायतको उपस्थिती रहेको थियो ।

     

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल