सर्लाही, १२ चैत । जनता समाजवादी पार्टी (जसपा) का नेता एवम् संघीय सांसद प्रमोद साह झडपमा परी गम्भीर घाइते भएका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिकामा पर्ने बययलबास बजारमा बाटो बनाउने विषयमा शनिबार बिहान सांसद साहसहित दुई पक्षबीच भएको झडपमा सांसद साह गम्भिर घाईते भएका हुन् ।
फूलजोर–त्रिभुवननगर सडकखण्ड विस्तारका क्रममा फूलजोड युवा क्लबको आधा भवन भत्किएको र बाँकी रहेको जग्गामा क्लबकै भवन बनाउने कि बनाउन नदिने भन्ने विषयमा स्थानीय बासिन्दाबीच विवाद झडपमा फेरिएको थियोे । साही झडपमा परी संघीय सांसद् साहलाई ढुंगाले टाउकामा लागेको जनाएको छ ।
स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि सांसद साहलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।