फाईल फोटो ।

पाेखरा, ९ चैत / कास्की जिल्ला अदालतमा ताेडफाेड भएकाे छ । ६ नम्बर ईजलासकाे ढाेका फाेडिएकाे हाे । मिसिल रहेकाे दराजकाे ढाेका खुलेकाे अवस्थामा भेटिएकाे अदालतले जनाएकाे छ । सूचना अधिकारी निल पनेरुले ईजलासकाे दराज फुटेकाे अवस्थामा रहेकाे बताए । उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएकाे छ । घटना हिजाे राती भएकाे हाे । बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्,´ उनले भने, `नयाँ भवन भएकाेले सिसिटिभी क्यामेरा राखिएकाे छैन। घटना कसरी भयाे भन्ने यसै भन्न सक्ने अबस्था छैन ।´ प्रहरीले मुचुल्का गरेर फर्किएकाे छ । प्रमाण मिसलस चाेरी भएकाे हुनसक्ने प्रारम्भिक अनुमान छ । यद्यपि मिसिलबारे कर्मचारीले छानवीन गरिरहेका छन् । ताेडफाेडमा प्रयाेग भएकाे फलामकाे रड फेला परेकाे प्रहरीले जनाएकाे छ । साेही रडकाे फिंगर प्रिन्टदेखि सिसिटिभी फुटेज समेत हेरेर अनुसन्धान अघि बढाईएकाे हाे । उक्त ईजलासकाे जिम्मा न्यायधिश देवप्रसाद योगीलाई थियाे । वडा प्रहरीकै अगाडि कसरी भाे ताेडफाेड ? अदालतकाे ठ्याक्कै अगाडि वडा प्रहरी कार्यालय छ । डीएसपीकाे कमाण्डमा प्रहरी खटिएका छन् । लेकसाईड क्षेत्र भएकाेले यहाँकाे प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु चाैवीसै घण्टा उच्च सतर्कतासाथ बस्छन् । साेही कार्यालय अघिकाे अदालतमा भएकाे ताेडफाेड रहस्यमय छ ।