वीरगञ्ज, ८ चैत । आर्थिक वर्ष २०७७÷७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा पर्साबाट ९ सय २९ वटा उजुरी परेका छन् । तिमध्ये ५ सय १८ वटा फर्छ्यौट भएको आयोगका प्रमुख आयुक्त डा. हरि पौडेलले जानकारी दिए ।

AKHATIYAR (1)
आयोगद्वारा मंगलवार वीरगञ्जमा आयोजित ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त डा. पौडेलले आर्थिक वर्ष २०७७÷७८ मा २२ हजार ६ सय २५ उजुरी परेकोमा १४ हजार मुद्दाहरुलाई किनारा लगाइएको बताए । डा. पौडेलका अनुसार पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामध्ये पर्सा भ्रष्टाचारका हिसावले चौथो स्थानमा रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भ्रष्टाचार कम गर्न र सुशासन प्रवद्र्धन गर्न सरोकारवालाले सक्रियता देखाउनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद अन्सारीले पर्सा जिल्लाका केही व्यक्तिहरुले जिल्ला कुरा गरेर नियामक निकायलाई नै फकाउँदै भ्रष्टाचार गरीरहेको बताए । उनीहरुको पहिचान गरेर कानुनको दायरामा ल्याउनुपर्ने सभापति अन्सारीको भनाई छ ।
कार्यक्रममा पर्सा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुले भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा सवाल राख्नुका साथै भ्रष्टाचार नियन्त्रण गर्नु चुनौतिको विषय भएको बताएका थिए । सानोदेखि ठूलो र तलदेखि माथिसम्मै भ्रष्टाचार व्याप्त रहेको स्विकार गर्दै वक्ताहरुले नियामक निकायले तदारुकता देखाउनुपर्ने आवश्यक्ता औँल्याए ।
अन्तरक्रीया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उप–सचीव वेदप्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारलाई राजस्व चुहावट सम्बन्धी ६० बुँदे सुझा दिइएको थियो ।