सिरहा, ७ चैत । आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचन सुरक्षाकालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा सोमबार सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई चैत मसान्तभित्र आफूसँग रहेको हतियार प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेका हुन् ।
तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीयोद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।