डिफेन्डीङ च्याम्पेन पिप्लेसगँ हिमालयन सेर्पा ३–० ले पराजित

    • चैत्र ६, २०७८
    • ४५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एसी थापा

    सर्लाही, ६ चैत / डिफेन्डीङ च्याम्पेन पिप्ले युवा क्लब हेटौडा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डीङ च्याम्पेन पिप्लेले हिमालयन सेर्पा काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

    खेलको सुरुदेखिनै पिप्लेका खेलाडी हिमालयन सामु हाबी भएका थिए । सुन्दर फिनिसिङका साथ मैदानमा रहेका पिप्लेका खेलाडी आक्रामक अवस्थामा देखिए । पिप्लेले खेलको १५ औँ मिनेटमा रूपक लामाको गोलबाट अग्रता बनाएको थियो । ४० यार्ड टाडा पाएको फ्रिकिकलाई पिप्लेका रूपक लामाले कुनै गल्ती नगरी हिमालयनको जाली चुमाउन सफल भए । 

    पहिलो हाफमा १–० को अवस्था बनाएको पिप्लेले दोस्रो हाफको ४ मिनेटमै दोस्रो गोल थप्यो । रूपक लामाको क्रसमा कुलदिप कार्कीले हेडमार्फत पिप्लेका लागि दोस्रो गोल गरे । दोस्रो हाफ पछि पनि पिप्लेका खेलाडी पुरा समय लयमै खेलिरहे । 

    यस्तै खेलको अतिरिक्त समयमा पिप्लेका रितिक खड्काले पाएको वान टु वानको अवस्थालाई सहजै गोलमा परिणत गर्दै टिममलाई ३–० को अवस्थामा पुर्‍याए । पिप्लेले खेलमा दुई गोल गरेपछि हिमालयन केही दबाबमा देखिएको थियो । सुरुदेखिने निकै कमजोर फिनिसिङ खेलेका हिमालयन सेर्पाको खेलमा फर्कने लगातारको प्रयास असफल भयो । सुरुदेखिनै लयमा खेल्न नसकेको हिमालयन त्यस पछि पनि खेलमा फर्कन सकेन । 

    खेलमा हिमालयनका खेलाडीले बनाएको केही राम्रा अवसरलाई समेत सदुपयोग गर्न सकेनन् । खेलको ७ औँ मिनेटमा हिमालयनका विकास मेरागिलले गरेको सशक्त प्रहार पिप्लेका गोल रक्षक अशोक बरालले असफल गरिदिए । पहिलो हाफको अतिरिक्त समयमा हिमालयनका दिवस ओरओले सुन्दर हेड गरे । तर, क्रसबारमा ठोकिएर फक्रियो । 

    दोस्रो हाफको ३२ र ३३औं मिनेटमा हिमालयनका सत्य शर्माले पिप्लेको गोल पोस्टमा दुई वटा सशक्त प्रहार गरे । तर, सफल भएनन् । बल क्रमशः पहिलो बारमा र क्रसबारमा लागेर फर्कियो । त्यस पछि पनि हिमालयनका खेलाडीले केही राम्रो अवसरहरू तयार गरे । तर सदुपयोग गर्न सकेनन्, योसँगै हिमालयन सेर्पाले उपाधि होडबाट बाहिरिनु पर्‍यो । 

    पिप्लेको लागि पहिलो गोल गरेका रूपक लामा म्यान आफ दि म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार समेत प्राप्त गरे । उद्घाटन खेलमा धु्रवतारा सर्पोटिङ झापालाई पराजित गर्दै हिमालयनले पिप्लेसगँको भेट पक्का गरेको थियो । एक खेल बाइपाएको पिप्लेले सिधै क्वाटरफाइनल खेलेको हो । यस प्रतियोगिता अन्तरगत सोमवार दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस र सुदूर पश्चिम–११, धनगढी खेल्ने छन् । 

    पुलिस नव जनजागृति युवा क्लब सिमरालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सुदूर पश्चिम–११, एक खेल बाई पाएर अन्तिम चारमा रहेको थियो । १२ टिम सहभागी प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुने आयोजक क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए । प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड नगद १० लाख १ हजार र उपविजेताले सिल्ड ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।

    Avatar

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    मालपोत कार्यालय तौलि ...

    सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल