सिरहा, ६ चैत । सिरहाको मिर्चैयास्थित मोहन नमुना माध्यमिक (प्राविधिक) विद्यालय मिर्चैयामा शिक्षक भर्नागर्नका लागि परीक्षा लिनेक्रममा स्थानीयले रोक्नखोज्दा भएको झडमपमा ७ सुरक्षाकर्मिसहित एकदर्जनभन्दा बढी घाईते भएका छन् । प्राथमिक तहका ५ जना करार शिक्षकको लागि विद्यालयले आज लिन लागेको परीक्षा रोक्न पुगेका स्थानीय दलिय प्रतिनिधी र प्रहरी विच झडप हुँदा ६ जना सुरक्षाकर्मीसहित एकदर्जनबढी सामान्य घाइते भएका हुन् ।mirchaiya
उनीहरु स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घर घर गएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनले झडप भएको र पछि विद्यालयले सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेको जनाए । सूचनामा अर्को सूचना जारी नहुन्जेलसम्मको लागि परीक्षा स्थगित गरेको उल्लेख गरिएको छ ।
स्थानीय विभिन्न दलका प्रतिनिधीले नगरपालिकाका जनप्रतिनिधी र विद्यालयका प्रअहले मिलेमत्तोमा रकम चलखेलगरी शिक्षक भर्नागर्न लागेको आरोप लगाएको छ । आज विहान पाँच जना प्राथमिक शिक्षकको भर्नाको लागि परीक्षा सञ्चालन हुन लागेको थाहापाएर पुगेका स्थानीयले परीक्षा रोक्न खोज्दा प्रहरीसँग झडाप भएको हो ।
नगर प्रमुख र विद्यालयका प्राधानाध्यापक अशोक कुमार यादवले रकम चलखेलमा आफ्ना आफन्तहरुलाई भर्ना गर्न लागेको भन्दै स्थानीले परीक्षा रोकी पुनः सूचना निकालेर शिक्षक तथा कर्मचारी भर्ना गर्न माँग गर्दै प्रदर्शन गरेपछि झडप भएको बताइएको छ । आजै मिर्चैया ३ को आधारभुत विद्यालयमा पनि एक जना शिक्षकको परीक्षा लिन लागेपनि त्यहाँ विरोध भएपछि परीक्षा स्थगित गरेको नगर शिक्षा शाखाका श्याम यादवले जानकारी दिए ।
शिक्षा शाखाका यादवले आफूहरुले प्रक्रिया पुरागर्न सहयोग गरेको काम भएको जनाउँदै बाँकि विद्यालय आफैले काम अगाडी बढाएका बताए ।
नगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयका लागि १४ जना शिक्षक कर्मचारी भर्ना गर्न लागेकोमा ६ जनाका लागि आज परीक्षा हुन लागेको थियो । तर, विवादपछि भने परीक्षा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको छ ।
यता, प्रअ यादवले भने आफूले सवै प्रक्रिया पुरा गरेरै आज परीक्षाको मिति तोकेको बताए । उनलेभने, ‘विद्यालयले मंसिरमै एक जना प्राविधिक तर्फ भेटेरिनरी निमावि, एक जना मावि, साधारणतर्फ एकजना निमावि र ५ जना प्राथमिक शिक्षाका लागि जम्मा ७ जनाको सूचना निकाले आज परीक्षा लिन लागेको बताए ।’
आजहुने ५ जना प्राथमिक शिक्षकको लागि २४ जना उम्मेदवारले फर्म भरेको समेत प्रअ यादवले जानकारी दिए ।
उनले चार महिना पछि परीक्षा लिनुको कारणबारे भने जिल्ला शिक्षा समन्व ईकाईका प्रमुखको सरुवा र अन्य कारणले परीक्षाको मिति ढिलो भएको बताए ।
होहल्ला र विद्यालयको विवादका कारण आज विद्यालयको पठन पाठन समेत अवरुद्ध भएको थियो ।

ads1 (1)