सिरहा, ५ चैत । छुट्टाछुट्टै घटनामा परि सप्तरी र धनुषा र तीनजनाको मृत्यु भएको छ । शनिबार अपरान्ह जनकपुरधामको अरगजा पोखरीमा १२ वर्षीय कर्णकुमार दासको मृत्यु भएको छ । आजै मुखियापटी मुसहरनिया गाउँपालिका–६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
नुहाउने क्रममा पोखरीमा डुवेका बालकलाई उद्धारगरी प्रादेशिक अस्पताल जनकपुर पुर्याएपनि उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यादवको भने भौंलाई कलमा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत अग्निसाइर कृष्णसावरण गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१च १६८३ नम्बरको पिकअप अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ रत्वालाका ५५ वर्षीय दुखीलाल लेखीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार गम्भीर घाइते लेखिको उपचारका लागि राजविराजतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।