बागमतीमा जारी प्रतियोगितामा पुलिसको फराकिलो जित

    • चैत्र ३, २०७८
    • ४३७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एसवी थापा

    सर्लाही, ३ चैत / सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा नेपाल पुलिसले फराकिलो जित निकालेको छ ।

    बुधबार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सम्पन्न प्रतियोगितामा नेपाल पुलिसले नवजनजागृति क्लब सिमरालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । खेलको २०औँ मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै पुलिसका लागि सौजन राईले खाता खोले । डिबक्स नजिकै सिमराका खेलाडीले फउल गरेपछि पुलिसले फ्रिकिकको मौका पाएको थियो ।

    सोही अवसरलाई राईले कुनै गल्ती नगरी सदुपयोग गरे । यस्तै खेलको २८औँ मिनेटमा पुलिसका कप्तान जुमनु राईको पासलाई रबी शंकर पासवानले गोल पोस्टको दिशा दिन सफल भएसगै पुलिस खेलको पहिलो आफमा २–० को अवस्थामा पुग्यो । खेलको सुरुदेखिनै नव जनजागृति युवा क्लब सिमरा पुलिसको अगाडि निरिहदेखियो । र, अन्तिम सम्म पनि पुलिस हाबी भइरह्यो । 

    प्रतियोगितामा दोस्रो हाफ पछि पनि पुलिसको प्रहारले सिमराको गोल पोस्ट चुमिरह्यो । दोस्रो हाफको पहिलो मिनेटमै पुलिसका निर कुमार राईले गोल गरेपछि खेल ३–० को अवस्थामा पुग्यो । त्यस पछि खेलको ५८औँ मिनेटमा निर कुमार राईको पासमा रबी शंकर पासवाले व्यक्तिगत दोस्रो गोल गरे । भने, खेलको ६३ औँ मिनेटमा निर कुमार राईको कर्नर प्रहारलाई बुद्ध बल तामाङले हेडमार्फत गोल पोस्टको दिशा दिए । 

    यसैबीच नव जनजागृति क्लबका गोल रक्षक सुवास बलले पुलिसका खेलाडीको आधा दर्जन सशक्त प्रहार विफल तुल्याए । तर, पनि टिमलाई हारबाट भने जोगाउन सकेनन् । खेलमा नव जनजागृतिका खेलाडीले केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पुलिसको सामु नव जनजागृति युवा क्लब सिमराका खेलाडीको प्रदर्शन निकै फितलो देखियो । सिमराका खेलाडी अधिकांश समय सम्हालिएर खेल्न सकेका थिएनन् ।

    जितसँगै नेपाल पुलिसले चैत ६ गते हुने क्वाटरफाइनल खेलमा सुदूरपश्चिम–११, धनगढीसगँ प्रतिस्पर्धा गर्ने भएको छ । यस्तै शुक्रबारको खेलमा न्युरोड टिम एनआरटि र केविए ग्लोबल बिएफसी चितवन भिड्दै छन् । 

    जारी प्रतियोगिताको फाइन खेल चैत १३ गते हुने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले राजर्षि जनक कप, १० लाख १ हजार र उपविजेताले सिल्ड, ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।pk-farnichar

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    मालपोत कार्यालय तौलि ...

    सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल