फाईल फोटो ।

सुरेश राय

सिरहा, २ चौत । तराई मधेसमा महत्वका साथ मनाईने होलिलाई मध्येनजर गर्दै सिरहा ट्राफिक प्रहरीले पुर्व–पश्चिम राजमार्गमा चेक–जाँचमा कडाई गरेका छन् । चाडपर्वको नाममा अत्यधिक मादक पदार्थ सेवन गरेर दुर्घटना बढ्सक्ने भन्दै ट्राफिक प्रहरीले चेकजाँच बढाएको हो ।
पर्वको नाममा अत्यधिक मादक पदार्थ सेवन गर्ने, मोटरसाईकलमा चारजना चढे र हिड्ने ,बिना–हेल्मेट मोटरसाइकल कुदाउने माथि करवाही गर्ने योजना सहित सडकमा ट्राफिक चेक जाँचमा खटिने जनाएको छ । होलिको अवधिमा नियम उलङ्घनगरी मादक पदार्थ सेवन गरी गाडी चलाईएको पाइएमा एक दिनभरी गाडी नछोडने होलिको भोलिपल्टमात्र कानुनी प्रक्रिया पुरा गरि छोड्ने जिल्ला ट्राफिक प्रहरी क्रयालय लहानले जनाएको छ ।
जिल्ला भरिको सम्पूर्ण अस्थाई ट्राफिक कायालयहरुले आउँदै गरेको होली पर्वमा आ–आफ्नो क्षेत्रहरुको ठाउँ–ठाउँमा कडाइका साथ चेकजाच गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
यता, गोलबजार अस्थाई ट्राफिक प्रहरी पोष्टले होलिको १० दिन पहिला देखि आफ्नो क्षेत्र गागन खोलादेखि चोहर्वा सम्मको राजमार्गमा संयुक्त टोलीले चेकजाचमा कडाइ गर्दै आएको बताए । चेकजाँचको क्रममा विभिन्न खालका जरीवानास्वरुप दैनिक १२ देखि १४ हजार रुपैयाँ सम्मको राजश्व संकलन गर्दै आएको बताए ।
चेकिङ्गमा मोटरसाईकल चालक सबैभन्दा बदि कार्बाहीमा पर्ने गरेको ट्राफिकको भनाई रहेको छ । सबारी चालक अनुमती पत्र नभएको, मोटरसाईकलमा ३ जना सबार भएर यात्रा गर्ने, बिना हेल्मेटको सवारी चलाउने गरेका चालकहरु कार्बाहीमा पर्ने गरेको बताए ।

vacancy announcement